काठमाडौ ।
नेपाल प्रहरीका १३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)ले दर्ज्यानी चिन्ह लगाएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा बिहिबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका हुन्।
डीआईजी बढुवा हुनेहरुमा कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ र जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहेका छन् ।
बढुवा समितिले चैत २९ गते रिक्त पदमा बढुवाका लागि १३ जनाको नाम सिफारिस गरेको थियो । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका डीआईजीहरूलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास व्यक्त गरेका छन् ।








































