काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्तगत मलेसियाले साउदी अरेवियालाई ८ विकेटले हराएको छ ।
जितका लागि पाएको १५४ रनको लक्ष्य मलेसियाले २१ दशमलब २ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो ।
जसमा मुहम्मद अमिरले ५६,विरन्दीप सिंहले ५१ रनको योगदान गरे ।
साउदीका जैन उल अवदिनले २ विकेट लिए ।
त्यसअघि मुलपानी मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको साउदी ४६ दशमलब २ ओभरमा १५३ रनमा अलआउट भयो । जसमा हसीब गाफोरले ४० ,अब्दुल वाहिदले ३६ रन बनाए ।
मलेसियाका खिजर हायातले ३ विकेट लिए । एसीसी प्रीमियर कपमा १० टिम सहभागी छन् । २ समूहमा ५–५ टिम रहेकोमा शीर्ष २ टिमले सेमिफाइनलमा स्थान पक्का गर्ने छन् ।
उपाधि विजेता टिम एसीया कप क्रिकेटमा छनोट हुने छ ।








































