Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३०:१० दिउँसो
- ADVERTISEMENT -

काठमाडौंका फोहर रोक्ने ककनी र धुनिबेशीका जनप्रतिनिधिको चेतावनी

प्रकाशित मिति: २०८० वैशाख ७, बिहीबार

290
Shares

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेशी नगरपालिकाका जनप्रतिनिधिहरुले फोहोर रोक्ने चेतावनी दिएका छन् । हाल काठमाडौंको फोहोर नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडाँडा र नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थपन हुँदै आइरहेको छ । काठमाडौं महानगरपालिकासहित १८ वटा स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएकोमा त्यहाँका जनप्रतिनिधिहरुले राखेको माग पूरा नभएको भन्दै १५ दिने अल्टिमेटम दिएका छन् ।

बुधवार ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामा र धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यसहित जनप्रतिनिधिहरुको बैठक बसी विभिन्न ६ बुँदे माग राखेका छन्। माग पूरा नभए फोहोर रोक्ने चेतावनीसमेत उनीहरुले दिएका छन् । त्यसो त यसअघि गत जेठ २६ गते शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र फोहोरबाट प्रभावित पालिका प्रमुख र वडाध्यक्षहरुको बैठकले प्रभावित क्षेत्र लक्षित विभिन्न सम्झौता भएको थियो ।

ती सम्झौता अक्षरसः कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग रहेको छ । त्यस्तै बन्चरेडाँडाको फोहोरबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने, प्रभावित पालिकालाई वर्गिकरण गरी बन्चरेडाँडाबाट २ किमि जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुअब्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्ने लगायतका माग रहेका छन् । आफ्ना मागहरु यथाशिघ्र पूरा नभए दुवै स्थानीय तहको कार्यपालिका बैठक बसी फोहोर व्यवस्थापन गर्न नदिने चेतावनीसमेत दिएका छन् ।

यसअघि लामो समयदेखि फोहोरले त्यहाँका बासिन्दाहरुको स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै सरकार र सरोकारवाला निकायहरुबीच सम्झौता भएको थियो । तर सरकारले आफ्ना मागहरु पूरा नगरेको वडा अध्यक्ष रामचन्द्र तिमिल्सिनाले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -