Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२२:२० दिउँसो
- ADVERTISEMENT -

चुनाव जितेमा गोविन्द भट्टराईलाई मन्त्री बनाउने शीर्ष नेताको घोषणा

प्रकाशित मिति: २०८० वैशाख ७, बिहीबार

227
Shares

दमौली।
तनहुँ – १ को उपनिर्वाचन जितेमा कांग्रेस नेता गोविन्द भट्टराईलाई मन्त्री बनाउने शीर्ष नेताले प्रतिवद्धता जनाएका छन् । डुम्रेमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले एकमतले भट्टराईलाई मन्त्री बनाउने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री दाहालले गत मंसिरमा रामचन्द्र पौडेललाई प्रधानमन्त्रीभन्दा सम्मानित पदमा पुर्याउने बताएको कुरा पूरा गरेको स्मरण गर्दै अत्याधिक मतले गोविन्द भट्टराईलाई जिताए मन्त्री बनाउने प्रतिवद्धता जनाए । ‘म देउवा सँगै छु र देउवाले वचन दिनुभएको मन्त्री पद पूरा हुन्छ’ उनले भने । गोविन्द भट्टराई त्याग र समर्पण गरेको यहि माटोमा हुर्केको ईमानदार र योग्य उम्मेदवार भएकोले गठवन्धनका दलले अत्याधिक मतका साथ जिताउने बिस्वास आँफुले लिएको उनले बताए । प्रचण्डले तनहुँ र चितवन जोड्ने बुद्ध सिंह मार्गको घुमाउने घाटको पक्की पुल १ बर्ष भित्र पूरा गर्नेगरी काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । बन्दिपुरमा खानेपानी लाने काम र निर्माणाधिन पृथ्वीराजमार्गको कामलाई छिटो गर्नको लागि तत्काल लागिपर्ने दाहालले बताए । यस्तै
छिर्कनेमा स्थापना भएको चिडियाखानाको काम अगाडि बढाउने , देवघाटमा संस्कृत बिश्व बिद्यालय बनाउने बारेमा गम्भीर अध्यन गरिने प्रधानमन्त्री प्रचण्डले बताए ।

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले भानुभक्तको जिल्लाले योग्य व्यक्ति राष्ट्रपति पाएको र अहिलेका उम्मेदवार गोविन्द भट्टराई पनि योग्य उम्मेदवार भएकोले मन्त्री पाउने बताए । ‘भट्टराई जत्तिको योग्य व्यक्तिलाई जिताउनुस मन्त्री बनाउने काम हाम्रो भयो’ देउवाले भने । तनहुँमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सरकारी क्याम्पस र सरकारी सुविधा सम्पन्न अस्पताल बनाउने काम हाम्रो हो देउवाले भने । सरकार हाम्रो बन्छ त्यसकारणले विकास पनि हामीले गर्ने हो देउवाले भने । लामो त्याग तपस्या र आन्दोलन गरेर देशमा लोकतन्त्र र गणतन्त्र ल्याएका छौँ , ती सबै उपलब्धिको रक्षा गर्नपनि गोविन्द भट्टराईलाई जिताउनुपर्छ पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले भने ।

मलाई राष्ट्रपतिको अफर आएपनि म भन्दा सिनियर रामचन्द्र पौडेल हो भन्ने लागेर ईमानदारीता देखाई राष्ट्रपति पौडेललाई बनाएको नेपालले बताए । तनहुँको निर्वाचन क्षेत्र सँग जोडिएको गोर्खामा पुर्व र वर्तमान प्रधानमन्त्री हुनुहुन्छ भन्दै नेपालले भट्टराईले जितेपछि पनि महत्त्वपूर्ण ठाउँ पाउने र गठवन्धनको सरकार बाट विकासको कामले गति लिने उनले बताए । तनहुँलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने बारेमा समेत शीर्ष नेताबीच धेरै अगाडि छलफल भएको नेपालले बताए । देशको विकास र स्थायित्वका लागि पनि गठबन्धन ५ वर्ष पूरा टिक्ने उनले बताए । कार्यक्रममा पुर्व प्रधानमन्त्री बावुराम भट्टराईले एकीकृत बिकास योजनाका साथ काम गर्न सक्यौं भने मात्रै देशमा बिकासले गति लिने बताए । भर्खरैको युवाले आफ्नो देशको सपना नदेखि विदेशको सपना देख्न थाल्यो भने हामीले गर्ने बिकासको मोडल फेर्नपर्ने र देशमा , विकास र समृद्धि ल्याउने तिर एकजुट हुनुपर्ने भट्टराईले बताए । पटकपटक का आन्दोलन ले ल्याएको परिवर्तनमा पनि मानिसको जीवन परिवर्तन हुन सकेन भने त्यसतर्फ सरकार गम्भीर हुनुपर्ने भट्टराईको भनाइ छ ।

कार्यक्रममा तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईले तनहुँको माटोमा हुर्केको र यहाँको समस्याको बारेमा जानेको ब्यक्ति गठवन्धन बाट उम्मेदवार बनेको बताए । मलाई एकपटक जिताउनुस म तपाईंको आवश्यकताका आधारमा विकासका काम गर्छु भट्टराईले भने । नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति श्याम मौरतीको सभापतित्वमा भएको कार्यक्रममा तनहुँका चुनावी कमाण्डर पूर्वमन्त्री शंकर भण्डारी, किसान श्रेष्ठ , हरिबहादुर चुमान लगायतका बक्ताहरूले भट्टराईलाई जिताउनको विकल्प नभएको बताएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -