सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका – ६ स्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
लालबन्दी नगरपालिका ६ स्थित पुर्व पश्चिम राजमार्ग अन्तर्गत कालीन्जोर पुल नजिक भएको दुर्घटनामा दुई जनाको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ ।
लालबन्दीबाट रानीगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३९००१ ख ८१५ नम्बरको ट्रकले सोहीदिशातर्फ जाँदै गरेको ना ३३ प ७५१३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा गौशाला न.पा ११ का श्रवणकुमार महतो मोटरसाईकलमा पछाडि सवार श्रवणका भतिज बिक्रम कुमार महतोको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
ट्रक चालक सुनसरी जिल्ला ईटहरी १० बस्ने बर्ष ३४ को जितेन्द्र चौधरी र ट्रक ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।








































