Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४४:०४ दिउँसो
- ADVERTISEMENT -

प्रचण्ड सरकार : आलोचनाको शिकार

प्रकाशित मिति: २०८० वैशाख ७, बिहीबार

187
Shares

काठमाडौं । गएको चुनावबाट प्राप्त नतिजा र त्यसपछि निर्माण भएको सरकारको आरोह अवरोहलाई पछिल्लो समय मुलुक संकटमा जान थालेको अर्थमा हेर्न थालिएको छ ।

सत्तारुढ दलका शीर्ष नेताहरुले नै देशको नेतृत्वमा केहि नेताहरु रहेपनि चलाउने अरु नै भएको भन्दै टिप्पणी हुने गरेको छ ।

सरकार बनेको लामो समयसम्म सरकारले पूर्णता नपाउनु र राजनीतिक गतिविधि बढेपनि जनताका समस्याभन्दा स्वार्थ केन्द्रित छलफल बाक्लिनुले पनि प्रश्न थप गम्भीर बन्न पुगेको छ ।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले सरकारको नेतृत्व प्रचण्ड, केपी ओली र शेरबहादुर देउवा जसले गरेपनि चलाउने व्यक्ति अरु नै हुने भन्दै सनसनीपूर्ण बयान दिए ।

सरकारले पूर्णता पाउन नसकेको र सरकार जोगाउनमै गठबन्धनमा किचलो बढिरहेको बेला महराले दिएको यस्तो बयानले सबैको ध्यान केन्द्रित ग¥यो ।

राजनीति अस्थिर जतिधेरै बन्दै गएको छ त्यत्ति नै सरकारको डेलिभरी पनि कमजोर बन्न पुगेको छ । यसरी नै कांग्रेस महामन्त्री गगन थापाले समेत सरकारको आलोचना खुब गर्ने गरेका छन् । गगन थापाले प्रधानमन्त्री प्रचण्डलाई संसददेखि विभिन्न स्थानमा आलोचना गर्ने गरेका छन् ।

गगन मात्रै होइन अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले पनि सरकारको काम सोचे जसरी हुन नसकेको बताउने गरेका छन् ।

सरकारबारे सत्तारुढ दलमात्रै नभएर प्रतिपक्षीले समेत आलोचना गरिरहेको यस समयमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका प्रचण्डका पूर्वसहकर्मी नेत्रविक्रम चन्द ’विप्लव’ले पनि सरकारको कार्यशैलीमाथि आचोलना गरेका छन् ।

मुलुक सरजारविहीन बनेको भन्दै देशमा संकट विद्यमान भएको र कुन बेला के हुन्छ भन्न नसकिने उनको दाबी छ ।

मुलुक आफ्नै उत्पादनमा निर्भर हुन नसके टाट पल्टिने बताएका विप्लवले झैं पछिल्लो समय देशमा संकट गहिरिन थालेको टिप्पणी जताततै छ ।

सरकारले नै पूर्णता पाउन नसक्दा पनि जनतामा आक्रोश देखिन्छ । सरकार बनेपनि गठबन्धन दलभित्र रहेको आन्तरिक लडाईँ र प्रतिष्पर्धाका कारण पनि सरकारप्रति जनताको अपेक्षा दुखद् बन्दै गएको छ । देश उपचुनाव केन्द्रित भएको छ ।

उपचुनावमा दलीय सक्रियता जसरी देखिन थालेको छ, विकास समृद्धिका निम्ति यसरी नै नेताहरु जुट्ने हो भने मात्रै पनि धेरै हुन सक्ने देखिन्छ । तर, चुनावी अंकगणित र गएको चुनावबाट प्राप्त जनमतका कारण पनि समस्या थप चुलिने अवस्थामा देखिन्छ । न्युज २४ नेपालबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -