काठमाडौं ।
महिन्द्राले बुधबार पत्रकार सम्मेलन गर्दै ‘एक्सयूभि ३००’ ब्रान्डलाई नयाँ रोमाञ्चक भेरियन्टमा ल्याएको छ । जसको मूल्य ४२.९५ लाख देखि सुरु हुने दायराको साथमा पुनः नेपाली बजारमा भित्र्याएका हो ।

एम एण्ड एम टिमका नेपाल तथा भूटान प्रमुख चैतन्य कगलकर, नेपालका लागि एम एण्ड कन्ट्री म्यानेजर रुपेश नगर तथा अग्नी ग्रुप अफ कम्पनीका कार्यकारी प्रमुख सुसन वैद्यले नयाँ एक्सयूभि ३०० डब्लू ६ टर्बो सपोर्ट (XUV300, W6 TurboSport tm) भेरियन्ट सार्वजनिक गरेका हुन् । नेपालको लागि महिन्द्रा गाडीहरूको आधिकारिक वितरक अग्नि ग्रुपले बिहिबार एक कार्यक्रम गर्दै एक्सयूभि ३०० मोडलको सार्वजनिक गरेको हो । जसले १३० पिएस् (130 PS) पावर र २३० एनएम् (230 Nm) टर्कको साथ बेजोड़ प्रदर्शन प्रदान गर्ने बताइएको छ । अग्नि ग्रुपका अनुसार एक्सयूवी३०० मोडलको गाडी सुरक्षालाई उच्च प्राथमिकतामा राखेर डिजाइन गरिएको छ । जसका कारण एक्सयूवी३०० नेपालको सबैभन्दा सुरक्षित सवारी मध्यको एक रहेको पनि बताइएको छ ।

यसको शक्तिशाली इन्जिन, उन्नत सुविधाहरू र स्टाइलिश डिजाइनको साथ, ‘एक्युभी ३००’ले नेपाली ग्राहकहरूलाई असाधारण ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । यसबाहेक ‘एक्युभी ३००’लाई सुरक्षालाई उच्च प्राथमिकतामा राखेर डिजाइन गरिएको छ । डुअल फ्रन्ट एयरब्याग, इबीडी सहितको एबीएस, रिभर्स पार्किङ सेन्सर र अन्य धेरै सुरक्षा सुविधाहरू एक्सयूभि ३०० मा रहेका छन् । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका इन्टरनेशनल अपरेसन प्रमुख सचिन आरोलकरले एक्सयूवी३०० गाडीलाई नेपालमा ल्याउन पाउँदा उत्साहित रहेको बताए ।










































