Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५७:३९ दिउँसो
- ADVERTISEMENT -

पत्रकारहरुले संवेदनशील भएर कलम चलाउनुपर्छः अध्यक्ष श्रेष्ठ

प्रकाशित मिति: २०८० वैशाख ६, बुधबार

237
Shares

भैरहवा ।
समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले मुलुकका हरेक परिवर्तनमा संचारमाध्यम र संचारकर्मीको महत्वपूर्ण योगदान रहेको बताएका छन् । उनले आउँदा दिनमा पनि मुलुकको विकास, समृद्धि, संविधानको रक्षा र जनजीविकाका विषयमा पत्रकारहरुले संवेदनशील भएर कलम चलाउनु पर्नेमा जोड दिए ।

समाजवादी प्रेस संगठन नेपाल, लुम्बिनी प्रदेश कमिटीले मंगलबार भैरहवामा आयोजना गरेको नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुखसमेत रहेका श्रेष्ठले समाजलाई कता डोर्याउने भन्ने कुरा संचारकर्मीको कलममा निर्भर हुने हुँदा संयमित भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले संविधानको रक्षा गर्दै मुलुकलाई अग्रगमनतर्फ बढाउनु अहिलेको आवश्यकता रहेको प्रष्ट्याए ।

‘केपी ओलीले संसद विघटन गरे र संविधानमाथि प्रहार गरे, यसकाविरुद्ध सबै लागे’, उनले भने, ‘संविधानविपरीत भएको ओलीको कदम सर्वोच्च अदालतले सच्यायो । फेरि पनि संविधानमाथि प्रहार हुनसक्छ, सबै सचेत रहनुपर्छ ।’ उनले २५ वर्षमा ओलीले अत्यधिक सम्पत्ति जोडेको जनाउँदै मुलुकमा भएका ठूला भ्रष्टाचारका काण्ड खोतल्नु पर्ने जनाए । ‘म एउटा पत्रकारको हैसियतले निरन्तर भ्रष्टाचार र वेतिथिविरुद्ध कलम चलाउँदै आएको छु’, उनले भने, ‘सबैले आआफ्नो ठाउँबाट खबरदारी गरे संविधानमाथि प्रहार हुँदैन, भ्रष्टाचार नियन्त्रण हुँदै जान्छ ।’ अध्यक्ष श्रेष्ठले ओलीकै निर्देशनमा एमाले नेता एवं तत्कालीन संचारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूस डिलिङ गरेको जनाउँदै हिजो चप्पल पड्काउने एमाले नेताहरु धमाधम करोडपतिको सूचिमा सूचिकृत भएको आरोप लगाए । उनले यति, ओम्नी, ७० करोड काण्ड, बालुवाटार काण्ड ओली प्रधानमन्त्री हुँदा भएका ठूला भ्रष्टाचारको काण्ड भएको आरोप लगाए । ‘एमाले उपाध्यक्ष विष्णु पौडेलको हिजोको अवस्था र आजको अवस्था हेरे हुन्छ, उनी कस्तो अवस्थामा काठमाडौं पुगे र अहिले कुन अवस्थामा छन्’, उनले भने, ‘बालुवाटारको जमिनसमेत नछाड्नेहरुले मुलुकको विकास र समृद्धिको कुरा गर्नु ठीक होइन् ।’

ओली कम्युनिष्टका नाममा ध्वंशकारी भएको उनले जनाए । ‘दुई तिहाईको कम्युनिष्ट सरकार ढाले, संसदमाथि प्रहार गरे’, उनले भने, ‘आज एमालेको बेहाल छ ।’ उनले ओलीको गलत नीतिका कारण पार्टी विभाजन भएको र नेकपा एकीकृत समाजवादी गठन भएको जनाए ।नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले जनताको विद्यमान समस्याको हल गर्नेगरि बिचारको राजनीति गर्नुपर्नेम जोड दिए । ‘विचारको राजनीति पछिल्लो समय ढगमगाउँदै गएको छ, यदि विचारको राजनीति गरिँदैन भने राजनीतिक दल हुनुको औचित्य पनि हुँदैन ।’ उनले पत्रकारिता जगत् चनाखो हुँदा मुलुकमा भएका धेरै गलत काम सच्चिएको जनाउँदै अब पनि सही ढंगबाट खोज र मिसन पत्रकारितालाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य भगवती घिमिरेले संचारकर्मीले सबैलाई समान रुपले हेर्न सक्नुपर्ने बताइन् । ‘धेरै पत्रकारहरुले राजनीतिक आस्थाका आधारमा समाचार सम्प्रेषण गर्ने गरेको मैले पाएकी छु’, उनले भनिन्, ‘समाचारमा कसैलाई बाहेक गर्नुहुँदैन । मुलुकको परिवर्तन र यसको संस्थागतमा पत्रकारहरुको भूमिका अहम् छ । यसैले समान ढंगबाट अबको पत्रकारिता अघि बढ्नुपर्छ ।’ उनले छोटो समयमा नै समाजवादीले मुलुकलाई दिशा निर्देश गर्न सक्ने पार्टी बनेको जनाउँदै आगामी दिनमा अझै सशक्त पार्टी बनेर मुलुकको विकास र समृद्धिका लागि काम गर्ने जनाइन् । समाजवादी प्रेस संगठनका केन्द्रीय कमिटीका बरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले संगठन अहिले सानो देखिए पनि संगठनको बिस्तार गर्दै जाने र आगामी दिनमा संगठनको गुणात्मक रुपमा बिकास हुने बताए । ‘हामीले छोटो समयमा नै संगठनलाई बलियो र दरिलो बनाएका छौं, अब सबै साथीहरुलाई क्रियाशील बनाएर अझै मजबुत संगठन बनाउँछौं’, उनले भने । उनले प्रेस चौतारीमा आस्था राख्ने धेरै पत्रकारहरु अझै पनि समाजवादी प्रेस संगठनमा आबद्ध हुन खोजीरहेको जनाउँदै सबै पत्रकारहरुलाई संगठनमा गोलबद्ध गरिने बताए ।

कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीयय सदस्य बाबुलाल यादव, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष रुद्रहरि कुँवर, नेपाल प्रेस युनियन, रुपन्देही अध्यक्ष रेखा भुसाल, होटल एसोसियसन अफ नेपाल (हान) का केन्द्रिय सदस्य चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी प्रेस क्लवका निवर्तमान अध्यक्ष नरेश केसी लगायतले बोल्दै पत्रकारहरुले पेसागत धर्मलाई ख्याल गरी समाचार संकलन र सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनीहरुले मुलुकको वर्तमान अवस्थालाई ध्यानमा दिएर पत्रकारितामार्फत् सरकारलाई झकझकाउन आग्रह गरे । समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेशका अध्यक्ष हृदयराम भुसालको अध्यक्ष, संगठनमा प्रदेश उपाध्यक्ष शंकरप्रसाद पाण्डेको स्वागत र कोषाध्यक्ष प्रकाश न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -