Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२९:०६ दिउँसो
- ADVERTISEMENT -

शिक्षाको गुणस्तरमा ध्यान दिऔँः आरजु देउवा

प्रकाशित मिति: २०८० वैशाख ५, मंगलबार

257
Shares

धनगढी – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संघीय सांसद डा. आरजु राणा देउवाले अब सरकारी विद्यालयको गुणस्तरमा ध्यान दिनुपर्ने बताएकी छन्। उनले संख्यात्मक रुपमा धेरै शैक्षिक जनशक्ति उत्पादन भए पनि गुणस्तरमा कमी भएका कारण नेपालमा बेरोजगारी समस्या बढेको बताइन्।

नेत्री देउवाले मंगलबार कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतका विभिन्न परियोजनाको उद्घाटन गरेकी छन्। उनले संघीय सरकार र धनगढी उपमहानगरपालिकाको आर्थिक लगानीमा निर्माण भएका तीन परियोजनाको उद्घाटन गरेकी हुन्।

धनगढी उपमहानगरपालिका–८ मा निर्माण भएको धनगढी नमुना माविको तीन तले विद्यालय भवनको उद्घाटन गरेकी छन्। सो विद्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले शिक्षामा संख्यात्मक विकास सँगसँगै गुणात्मक विकासमा जोड दिन विद्यालयलाई आग्रह गरिन्। उनले भौतिक संरचना विद्यालयका लागि पहिलो आवश्यकता भएको र त्यो पूरा भएपछि पढाइमा गुणस्तर कायम गर्नुपर्ने बताइन्।

३६ कोठाको विद्यालय भवन ६ करोड ८ लाख ३० हजार २७० रुपैयाँमा निर्माण भएको हो। उक्त विद्यालयको संघीय सरकारबाट ३ करोड ७७ लाख ९७ हजार १२६ र उपमहानगरपालिकाको २ करोड ३० लाख ३३ हजार १४४ रुपैयाँमा निर्माण सम्पन्न भएको उपमहानगरपलिकाले जनाएको छ। सांसद देउवाले विद्यालयको भवन निर्माण भएकोमा खुशी व्यक्त गर्दै थप स्रोतसाधन जुटाउन पहल गर्ने बताइन्।

यसैगरी धनगढी उपमहानगरपालिकाको आफ्नै लगानीमा धनगढी–८ मै निर्माण भएको तौलाहा तालको पनि उद्घाटन गरिएको छ। यो ताल २ करोड ३४ लाख ८५ हजार ५१५ रुपैयाँको लागतमा सम्पन्न भएको हो।

त्यस्तै, बेहडाबाबा मन्दिर परिसरमा निर्माण भएका ढुंगाको बेससँगै इँटाको पर्खाल र ब्लक निर्माण कार्यक्रमको पनि उद्घाटन नेत्री देउवाले गरिन्।

३ करोड ९४ लाख ३ हजार ८७१ रुपैयाँ लागत खर्च भएकोमा संघीय सरकारको २ करोड ५७ लाख ३३ हजार ७२२ र उपमहानगरपालिकाको १ करोड ३६ लाख ७० हजार १९५ रुपैयाँ लगानी रहेको उपमहानगरपालिका बेहडाबाबा संरचना तयार भएका हुन्।

उद्घाटन कार्यक्रममा संघीय सांसद डिल्लीराज पन्त, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवा, प्रदेश सांसद रमेश धामी र मेयर गोपाल हमाललगायतको उपस्थिति रहेको थियो। देशसन्चारबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -