Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३२:१२ दिउँसो
- ADVERTISEMENT -

मलेसियालाई हराउन नेपालले २३६ रनको चुनौती पछ्याउँदै

प्रकाशित मिति: २०८० वैशाख ५, मंगलबार

177
Shares

काठमाडौं । काठमाडौंमा शुरु भएको एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेल विजयका लागि नेपालले २३६ रनको चुनौती पछ्याउँदैछ ।

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा भइरहेको खेलमा मलेसियाले दिएको चुनौती नेपालले पछ्याउँदै गरेको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनायो ।

मलेसियाले शुरुआतमा उत्कृष्ट ब्याटिङ गरेसँगै नेपाली बलरले सफलता हासिल गर्न सकेका थिएनन् । तर पछिल्लो क्रममा भने ब्याट्सम्यानहरु टिक्न नसकेपछि मलेसिया २३५ रनमै समेटियो ।

मलेसियाका लागि कप्तान अहमद फैजले ७६ रन जोडे । विरनदीप सिंहले ४६ रन जोडे । दुवैबीच दोस्रो विकेटका लागि ११६ रनको साझेदारी भएको थियो ।

त्यस्तै खिजर हायातले २२ तथा सयाजरुल इद्रुसले १३ बलमा २१ रन बनाए । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३–३ विकेट लिए ।

त्यस्तै ललित राजवंशीले २ तथा गुल्सन झाले १ विकेट लिए । नेपाली टिममा अनुभवी खेलाडीहरु ज्ञानेन्द्र मल्ल र करण केसी बेन्चमा रहेका छन् ।

सो खेलको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् । समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् ।

समूह बी को खेलमा अहिले हङकङ र सिंगापुर खेलिरहेका छन् । यो खेल मूलपानीको मैदानमा भइरहेको छ । विजयका लागि हङकङले १७५ रनको चुनौती पछ्याउँदै छ । खेलमा टस हारेर सिंगापुरले पहिले ब्याटिङ गर्दै ४२.१ ओभरमा सबै विकेट गुमाएर १७४ रनमात्र बनायो ।

नेपालले दोस्रो खेल भने ओमानसँग बैशाख ८ मा खेल्नेछ । मूलपानी मैदानमा साउदी अरेबियासँग तेस्रो खेल बैशाख ११ गते खेल्ने नेपालले अन्तिम खेल बैशाख १४ गते कतारसँग खेल्नेछ ।

पहिलो पटक मूलपानी क्रिकेट मैदानले यो स्तरको अन्तर्राष्ट्रिय खेल खेलाउने अवसर पाएको छ ।

सो खेलको सेमिफाइनल बैशाख १६ गते र फाइनल बैशाख १८ गते हुनेछ । प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।

भारत र पाकिस्तानसँग खेल्ने नेपालको लक्ष्य
यो खेलको विजेताले सेप्टेम्बरमा भारत र पाकिस्तान जस्ता टिमसँग एसिया कपमा खेल्ने भएकाले नेपालका लागि निकै नै चुनौतीपूर्ण र राम्रो अवसर दुवै रहेको छ । नेपालले विश्वकप लिग २ मा पछिल्लो समय गरेको सनसनीपूर्ण प्रदर्शनलाई निरन्तरता राख्ने हो भने एसिया कपमा छानिन सक्छ ।

नेपाललाई यसपालि घरेलु मैदानको पनि साथ रहेको छ । त्यसैले पनि खेलअघि कप्तान रोहित पौडेलले सोमबार एसीसी प्रिमियर कप जित्दै एसिया कपमा खेल्ने नेपालको लक्ष्य रहेको बताएका छन् ।

रोहितको कप्तानीमा नेपालले पछिल्लो समय चामत्कारिक प्रदर्शन गर्दै आइरहेको छ । यदि रोहितले देखेको सपना साकार भयो भने नेपालले छिमेकी भारत र पाकिस्तानजस्ता राष्ट्रसँग खेल्ने सपना पूरा हुनेछ ।

फेरि संयोग पनि मिलेको छ कि यसपालि प्रिमियर कप विजेताले एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्न पाउने छ । नेपालले वर्षौंदेखि देखेको सपना यसपालि पूरा हुने निकै ठूलो अवसर छ ।

नेपाल सन् २०१८ मा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपछि भारत र पाकिस्तानसँग खेल्ने सपना खेलाडीहरुले देखिसकेका छन् । त्यो यसपालि पूरा हुन सक्छ ।

मोन्टी फ्याक्टर प्रभाव
भारतीय प्रशिक्षक मोन्टि देसाई यतिबेला नेपालका मूख्य प्रशिक्षक छन् । उनको आगमनसँगै नेपालले चामत्कारिक प्रदर्शन गरेको छ ।

विश्वकप लिग २ मा नेपालले गत दुई महिनामा खेलेका १२ मध्ये ११ खेल जितेर विश्वकप छनोटको यात्रा तय गरिसकेको छ । नेपालले एक खेलमात्र हार्दा पनि विश्वकप छनोटमा सिधै छानिन सक्ने थिएन । तीन खेल हारेको भए विश्वकप एक दिवसीयको मान्यता गुमाउने थियो ।

सन् २०२३ नेपालका लागि निकै नै महत्वपूर्ण र फलदायी बनेर आएको छ । अब बस् नेपालले घरेलु मैदानमा यही एसीसी कप जित्ने हो भने अर्को सफलता पनि पूरा हुने थियो ।

घरेलु मैदानमा खेलेका सबै ८ खेल जितेकाले पनि नेपाललाई प्रिमियर कपको बलियो दाबेदारका रुपमा हेरिएको छ ।

जसरी मोन्टिले खेलाडीहरुको मनोबल उच्च बनाउने काम गरेर नेपाललाई विश्वकपमा सिधै छनोट गराए त्यसरी नै नेपालले यो एसीसी कप जित्न कठिन छैन । मोन्टिले हरेर खेलाडीको क्षमता हेरिसकेका छन् ।

त्यसैले पनि मैदानमा दुई तीन खेलाडी नचल्दैमा नेपालले हार्ने अवस्था आउन छोडेको छ । अहिले युवा खेलाडीहरु एकसे एक देखिएका छन् ।

मोन्टिले जसरी ड्रेसिङ रुमलाई वातानुकूलित बनाउन खोजिरहेका छन् त्यसले मैदानमा पनि खेलाडीबीच राम्रो तालमेल देखाउँछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -