काठमाडौं, वैशाख ५-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौँ–मधेश ‘फास्ट ट्रयाक’ द्रुतमार्ग बाराको निजगढ गएका छन्।
प्रधानमन्त्री प्रचण्ड मंगलबार बिहान निजगढ पुगेर फास्ट ट्र्याकको अनुगमन र निरीक्षण गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले फास्ट ट्र्याक निर्माणको अवस्थाबारे जानकारी लिएका छन्।








































