Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३१:०७ दिउँसो
- ADVERTISEMENT -

यसकारण नियुक्त भए परराष्ट्रमन्त्री

प्रकाशित मिति: २०८० वैशाख ३, आइतबार

194
Shares

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार आठौं पटक मन्त्रिपरिषद् विस्तार गरे। उनले आफ्नो मन्त्रीमण्डलमा एक मन्त्री र एक राज्यमन्त्री थपे। उनले नेपाली कांग्रेसका एनपी साउदलाई पराष्ट्रमन्त्री नियुक्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीकी नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त गरे।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार दिउँसो भएको सपथ समारोहमा परराष्ट्रमन्त्री साउदले राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री चपाईंले प्रधानमन्त्री प्रचण्डबाट पद तथा गोपनीयताको सपथ लिए।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आइतबार नै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरिसकेका छन्। प्रधानमन्त्री प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि यसले पूर्णता भने पाएको छ। प्रधानमन्त्री प्रचण्डले अझै चार मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन्।

१० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले सुरुको दुई महिना एमाले, राप्रपासहितको सात दलको सहभागिमा आफ्नो मन्त्रिपरिषद् चलाएका थिए। जसमा परराष्ट्रमन्त्री एमालेबाट डा विमला राई पौड्याल थिइन्। तर, फागुन १५ गते एमाले सरकारबाट बाहिरिएपछि प्रचण्ड नेतृत्वको सरकारमा परराष्ट्र मन्त्रालय नेतृत्वविहीन थियो।

२५ फागुनमा भएको राष्ट्रपति निर्वाचनसँगै पुन: माओवादी र कांग्रेसहितको पुरानै समीकरण ब्युँतियो। त्यसपछि लामो समयसम्म प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न सकेनन्। १७ चैतमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरे। त्यतिबेला प्रधानमन्त्रीले आफूसँग राखेको पाँच मन्त्रालयमध्ये आइतबार एक मात्र मन्त्रालयमा मन्त्री थपिए। सतारुढ दलहरूबिच भएको समझदारी अनुसार कांग्रेसले अझै ३ मन्त्रालय र जसपाले एक मन्त्रालयको जिम्मेवारी पाउने छन्।

प्रधानमन्त्री प्रचण्डले आइतबार परराष्ट्रमन्त्री नियुक्त गर्नुअघि शनिबार सतारुढ दलका केही प्रमुख शीर्ष नेताहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणको तयारीका लागि पनि तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्नुपर्ने अवस्था रहेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई परराष्ट्रमन्त्री सिफारिस गर्न आग्रह गरेका थिए। त्यसपछि कांग्रेस देउवाले साउदलाई उक्त जिम्मेवारी दिन प्रधानमन्त्रीलाई भनेका थिए।

सतारुढ दलहरूको शनिबारको छलफलमा प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ गरेअनुसार के उनको भारत भ्रमणकै लागि परराष्ट्रमन्त्री नियुक्त भएका हुन् त? यो कुराको संकेत नवनियुक्त परराष्ट्रमन्त्री साउदले पनि गरेका छन्।

आफ्नो कार्यभार सम्हाल्ने क्रममा नवनियुक्त परराष्ट्रमन्त्री साउदले बाहिर चर्चामा रहेको प्रधानमन्त्रीको भारत भ्रमणको तयारी पनि आफ्नो मन्त्री बन्नुको एउटा कारण रहेको बताए। उनले परराष्ट्र मन्त्रालयका सचिवसहित कर्मचारीहरूले प्रधानमन्त्रीको भारत भ्रमणबारे गरिरहेको गृहकार्यको ब्रिफिङ लिएर आफू त्यसमा लाग्ने बताए।

प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण वैशाखको अन्तिम हप्तामा हुने गरि नेपाल र भारत दुवैतिर गृहकार्य सुरु भइसकेको छ। अघिल्लो हप्ता मात्रै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको औपचारिक निम्तो दिइसकेका छन्।

गत सोमबार भारतीय राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको औपचारिक निम्तोपत्र सुम्पेका थिए। प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्ते दिनुअघि भारतीय राजदूत श्रीवास्तव दिल्ली गएर त्यहाँ नेपाली प्रधानमन्त्रीको भ्रमणबारे छलफल गरेका थिए। त्यसपछि काठमाडौं फर्किएका उनले प्रधानमन्त्री प्रचण्डलाई औपचारिक निम्तो दिएका हुन्।

हुन त १० पुसमै प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय राजदूत श्रीवास्तव र भारतीय विदेशसचिव विनयमोहन क्वात्राले फोन गरेर बधाई दिँदै भारत भ्रमणको अनौपचारिक निम्तो दिएका थिए। पछि भारतीय प्रधानमन्त्री मोदीले पनि प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई तथा शुभकामना सन्देश पठाएका थिए। प्रचण्डले भने प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्टै एउटा भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारत नै हुने बताएका थिए।

यसरी हेर्दा नेपाल र भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी अघि बढाइसकेको देखिन्छ। त्यसकारण दबाबमा रहेका प्रधानमन्त्री प्रचण्डले आइतबार परराष्ट्रमन्त्री नियुक्त गरेका हुन्।

परराष्ट्रजस्तो महत्त्वपूर्ण मन्त्रालयमा नेतृत्व नदिँदा प्रधानमन्त्री प्रचण्डको आलोचना हुँदै आएको थियो। अहिले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला हुने छलफल र अजेन्डामाथि नै गृहकार्य चलिरहेको छ। भारतीय पक्षले नेपालको रक्सौलदेखि काठमाडौंसम्मको रेलमार्ग बनाउने सम्झौता यो पटक गर्न चाहेको छ। भारतमा सतारुढ दल रहेका भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले समेत प्रचण्डको भारत भ्रमणको तयारीस्वरुप छलफल गर्न मंगलबार काडमाडौं आउन लागेका छन्।

आइतबार नै एउटा धार्मिक कार्यक्रममा सहभागी हुन धनगढी आइपुगेका चौथाइवाले मंगलबार काठमाडौं आएपछि प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतहरूसँग भेटेर भ्रमणबारे छलफल गर्ने बताइएको छ। अजेन्डा र विषयतगत छलफलमा परराष्ट्रमन्त्रीको महत्त्वपूर्ण भूमिका भएकाले प्रधानमन्त्री प्रचण्डले आइतबार पराष्ट्रमन्त्री नियुक्त गरेका उनको सचिवालयले जनाएको छ। (स्रोत नेपाललाईभबाट)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -