मन्त्री बन्नेहरूको नाम पठाउन नेपाली कांग्रेस संस्थापनइतर समूहका नेताहरूको बैठक अहिले बसिरहेको छ ।
संस्थापनइतर समूहको नेतृत्व गरिरहेका शेखर कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेताहरू छलफलमा जुटेका हुन् ।
यो समूहबाट डिगबहादुर लिम्बू र धनराज गुरूङको मन्त्री बन्ने सम्भावना छ ।
यस्तै जीवन परियार तथा बद्री पाण्डे मध्ये एक जनालाई मन्त्रीका रूपमा पठाउने समूहको तयारी छ ।
समूहबाट सुरेन्द्रराज आचार्य पनि मन्त्री बन्न लबिङमा छन् ।








































