काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उमेदवार अन्जन श्रेष्ठले व्यवसायीका समस्या समाधानका लागि आफूले उमेदवारी दिएको बताएका छन् ।
महासंघको ५७औँ साधारण सभामा बोल्दै उनले आफूले व्यवसायीका समस्या नजिकबाट बुझेको र त्यसलाई समाधान गर्न वरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दिएको बताए ।
‘लथालिंग अर्थतन्त्र’को विषयमा देशभरका व्यवसायीसँगको अन्तर्क्रियाबाट आएको सल्लाह सुझाव कार्यान्वयन गर्नतर्फ आफू लागिपर्ने उनले बताए ।








































