तनहुँ।
नेपाली कांग्रेसको शुभेच्छुक सस्था ट्रेड युनियन कांग्रेस तनहुँले लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन सहयोग गर्ने निर्णय गरेको छ । टे«ड युनियन तनहुँका कार्यबाहक सभापति लोकराज सेढाईको सभापतित्वमा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।
कांग्रेस शुभेच्छुक संस्था भएकाले आगामी बैशाख १० गते हुने तनहुँ क्षेत्र नं।१ को उपनिर्वाचनमा इमान्दार, सक्षम, सालिन लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउन सहयोग गर्ने निर्णय गरेको हो । लोकतान्त्रिक आस्था भएका सम्पूर्ण एक ढिक्का भएर उम्मेदवारलाई जिताउन लाग्न सम्पूर्णमा अपिल गरिएको छ ।








































