Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५३:२९ बिहान
- ADVERTISEMENT -

निर्वाचन आचारसंहिताको पालनामा आयोगको कडाई

प्रकाशित मिति: २०७९ चैत २६, आइतबार

194
Shares

काठमाडौं ।
उपनिर्वाचनको लागि औपचारिक प्रचारप्रसार शुरू भएसँगै निर्वाचन आयोगले आचारसंहिता पालना गरे नगरेको विषयमा कडाइका साथ अनुगमन गर्न शुरू गरेको छ ।

यही वैशाख १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनको लागि शुक्रबारदेखि औपचारिक प्रचारप्रसार शुरू भएको थियो । त्यसलाई मध्यनजर गरी आयोगको केन्द्रीय अनुगमन समितिले सूक्ष्म निगरानी राख्न शुरू गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । समितिले नेपाल सरकार गृह मन्त्रालयसँग समन्वय गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान विभागको जिल्लास्थित कार्यालयबाट निर्वाचन आचारसंहिता पालना भए ÷नभएको निगरानी गर्न शुरू गरेको हो ।

समितिले निर्वाचन आचारसंहिता, २०७९ उल्लंघन गरेको पाइएमा उजुरी दिन चाहने व्यक्तिले लिखित, मौखिक, सामाजिक सञ्जाल, विद्युतीय माध्यमबाट आधार र कारण खुलाई सोसम्बन्धी प्रमाण समेत संलग्न गरी उजुरी दिन पनि आग्रह गरेको छ । सहायक प्रवक्ता अर्यालका अनुसार समितिले निर्वाचन आचारसंहिता, २०७९ को प्रभावकारी कार्यान्वयन गर्न÷गराउन गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ । त्यस्तै, आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न÷गराउनको लागि आवश्यक व्यवस्था मिलाउन उपनिर्वाचन हुने तीनवटै जिल्लाका आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -