मालुङ्गा काठमाण्डौ सेवा समाजद्धारा नयाँ बर्षको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार काठमाडौंको तीनकुनेमा रहेको ताज बैंक्वेट मा शुभकामना तथा चियापान कार्यक्रम भएको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराईको उपस्थिति रहेको थियो। कार्यक्रममा बिशेष अतिथि गल्याङ नगरपालीका वडा नं १ का अध्यक्ष मणि प्रसाद बस्याल, अतिथिहरुमा पुर्व त्रिभुवन विश्वविद्यालय लाईब्रेरीका प्रमुख कृष्ण मणि भण्डारी, ब्यबसायी थोम नाथ बस्याल(महेश), लगायत मालुङ्गा बाट काठमाण्डौमा आएर बसोबास गर्ने, ब्यबसायी, अध्ययन अध्यापन गर्ने विद्यार्थीहरु लगायतका मालुङ्गा काठमाण्डौ वासीको बाक्लो उपस्थिती रहेको थियो।

कार्यक्रम मा बोल्दै प्रदेश सभा सदस्य भट्टराई ले मालुङ्गा बाट काठमाण्डौ आएर बिभिन्न पेशामा आबद्ध व्यक्तिहरुको गल्याङ नगरपालीका र मालुङ्गा लाई धेरैं कुरामा सहयोग, सल्लाह सुझाब दिएर ठूलो देन पुर्याएको योगदान प्रति धन्यबाद् दिएका थिए। उनले भने,’हामीले विकासको लागि माग गर्ने हो। तपाइहरुका आवाजलाई संसदमा बुलन्द बनाउने हो। त्यसैले अहिले नीति तथा कार्यक्रमको निम्ति तपाइहरुले पनि राय सल्लाह सुझाव दिएर मेरो फोन नम्बर राखेर प्रदेश सभामा राख्दिन आग्रह गर्नुपर्छ। तपाइहरुले चुनाव जिताएर सहयोग गराउनु भयो , जिताएर मात्र हुँदैन त्यसलाई कार्यान्वयन गराउन सकेनौ भने कुनै अर्थ रहदैन। ‘ त्यस्तै वडा अध्यक्ष बस्यालले मालुङ्गाको हरेक क्षेत्रमा मालुङ्गा काठमाडाैं बासीको ठुलो भूमिका रहेको बताएका छन्। त्यो राजनितीमा होस् या समाजिक क्रियाकलपहरूमा ठूलो भूमिका निभाएको प्रति आफूहरू आभारी रहेको बताए ।

कार्यक्रमको अध्यक्षता मालुङ्गा काठमाण्डौ सेवा समाज का अध्यक्ष राजु पाण्डे ले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिब डोलराज बस्याल ले गरेका थिए।








































