नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले सचिव लेखराज भट्टको निवास पुगेका छन् ।
धनगढीको कैलाली पुगेका प्रचण्ड गेटास्थित भट्टको निवासमा पुगेका हुन् ।
सुदूरपश्चिममा माओवादी केन्द्रका प्रभावशाली नेता मानिएका भट्ट नेकपा विभाजनपछि एमालेमा लागेका थिए ।
प्रचण्डले भट्टको निवासमा फलफूल खाएर केहीबेर छलफल गरेका थिए ।








































