Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५५:२३ दिउँसो
- ADVERTISEMENT -

सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’ शुक्रबारबाट देशभर प्रदर्शनमा

प्रकाशित मिति: २०७९ चैत २४, शुक्रबार

232
Shares

काठमाडौं।
अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ। सिनेमालाई मल्टिपिलेक्समा त्यति राम्रो शो दिइएको छैन। यद्यपि, यो सिनेमाले दर्शक हलमा तान्न सके शो बढ्ने निश्चित छ।

सिनेमालाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया मिलेको थियो। नेतादेखि कलाकारहरु प्रिमियरमा सहभागी थिए। सबैले सिनेमाको विषयवस्तु अब्बल रहेको प्रतिक्रिया दिएका थिए। सिनेमामा प्रेम, विद्रोह र बदलाको क्यारेक्टर सुरक्षाले निर्वाह गरेकी छिन्। प्रमोद कँडेलले यो सिनेमालाई निर्देशन गरेका हुन्। सिनेमामा सुरक्षाका अलावा कमलमणी नेपाल, अफ्रान अलि, सुर्य शर्मा भट्ट लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।

स्वर्णिम इन्टरटेन्मेन्ट र योङ स्टार सिनेमाको व्यानरमा निर्माण भएको यस् सिनेमामा प्रमोद कँडेलकै कथा र लेखन रहेको छ। सिनेमालाई कात्तिले स्मिता कर्णतकले खिचेका हुन्।भने, सुजन बादलले सम्पादन गरेका छन् । सिनेमाका निर्माता श्रीधर पौडेल हुन् । पोस्टर आउट भएसँगै एक खालको चर्चा बटुलेको यो सिनेमाको चर्चा टिजर र ट्रेलर रिलिजपछि झन् चुलिएको थियो।

हाल यो सिनेमाको ‘खैनी होइन चुरोट’ बोलको डायलग सामाजिक संजाल टिकटक लगायतका निकै भाइरल छ। धेरैले यो डायलग रुचाएका छन्। तर सिनेमालाई कत्तिको रुचाउने हुन् त्यो त केही दिनमै थाहा भइहाल्छ। यो सिनेमासँगै एउटै मितिमा अर्को सिनेमा ‘प्रसाद २’ पनि प्रदर्शनमा आउने भएको थियो। तर निर्माण टिमबीचको विवादले ‘प्रसाद २’को प्रदर्शन रोकिएको छ।

जसले गर्दा ‘बहाव’लाई राम्रो फाइदा मिलेको छ। यतिबेला ‘बहाव’ सोलो रिलिजमा छ। सोलो रिलिज पाउँदा पनि यो सिनेमाले हलमा दर्शकको कत्तिको बहाव ल्याउला भन्ने कौतुहलता सबैमा छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -