Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:१६:२२ दिउँसो
- ADVERTISEMENT -

बागमती प्रदेशमा मन्त्रालयको टुंगियो भागबण्डा, आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी

प्रकाशित मिति: २०७९ चैत २४, शुक्रबार

174
Shares

बागमती प्रदेशमा मन्त्रालय भागबण्डा टुंगो लागेको छ । गठबन्धनमा आवद्ध दलहरू नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीले मन्त्री बन्नेहरूको नाम टुंगो लगाएसँगै नियुक्तिको तयारीमा रहेको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बताए। 

स्रोतका अनुसार बागमतीमा कांग्रेसले ५ वटा मन्त्रालय पाउने भएको छ। यसअघि ६ मन्त्रालय पाउनुपर्ने कांग्रेसको अडान थियो। त्यस्तै, एकीकृत समाजवादी २ वटा मन्त्रालय सहित बागमती सरकारमा सहभागी हुने भएको छ। 

मन्त्रालय पुनर्गठनका लागि बनेको कार्यदलका एक सदस्यका अनुसार कांग्रेसलाई ५ र एकीकृत समाजवादीलाई २ मन्त्रालयसहित भागबण्डा टुंग्याइएको हो। मुख्यमन्त्री जम्मकट्टेलले मन्त्री बन्नेहरु अधिकांशको नाम टुंगो लागिसकेको बताए। 

‘सत्ता गठबन्धनमा रहेका दलहरूले मन्त्री बन्नेहरूको नामको टुङ्गो लगाएर नपठाउँदा केही समस्या भएपनि अब धेरैजसोको नाम आइसकेको छ,’ मुख्यमन्त्री जम्मकट्टेलले भने, ‘सकेसम्म आइतबार नियुक्ति दिएर सपथ गराउने तयारीमा पनि हामी छौं।’

आर्थिक मामिला मन्त्रालयसहित यसअघि नेकपा एमालेले सम्हालेका मन्त्रालय र अन्य एक मन्त्रालय कांग्रेसले लिने समझदारी बनेको छ। तर, कांग्रेसले मन्त्री बन्नेहरूको नामावली भने टुंगो लगाउन सकेको छैन। 

केन्द्रमा सत्ता गठबन्धनमा फेरबदल आएसँगै बागमतीमा पनि नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएको थियो। एमाले र राप्रपा बाहिरिएपछि मुख्यमन्त्री जम्मकट्टेलले गत १० चैतमा प्रदेशसभबाट विश्वासको मत प्राप्त गरेका थिए। तर, दलहरूबीच भागबण्डा टुंगिन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन। अहिले मुख्यमन्त्रीसहित ८ वटा मन्त्रालय जम्मकट्टेलको काँधमा छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -