काठमाडौं-बूढानीलकण्ठ-८, गणेशचोक स्थित नेसनल युनाइटेड स्कुलले यही मिति २०७९ चैत्र २० गते सोमबार “अतिरिक्त क्रियाकलापतथा खेलकुद कार्यक्रम २०७९” मा सर्बोत्कृष्ट हुन सफल विद्यार्थीहरु र उत्कृष्ट हाउसहरुलाई पुरस्कृत गर्नुका साथै विद्यालयकाप्रधानाध्यापक, तहगत इन्चार्जहरु तथा अतिरिक्त क्रियाकलाप इन्चार्जलाई समेत सम्मान गरेको छ l
चालु शैक्षिक सत्र २०७९ को लागि संचालित वार्षिक परीक्षाको अन्तिम दिनमा परीक्षा सुरु हुनु अघि “अतिरिक्त क्रियाकलाप तथाखेलकुद कार्यक्रम २०७९” मा छात्रतर्फ सर्बोत्कृष्ट भएका कक्षा ५ का छात्र प्रभव प्याकुरेल तथा छात्रातर्फ सर्बोत्कृष्ट भएकी कक्षा ९ किछात्रा जेनिशा खत्री लगाएत अन्य विजेता विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेवती प्रसाद दाहाल, विद्यालयकासंस्थापक जेबी हमाल, प्रधानाध्यापक शायरा हमालले पुरस्कृत गर्नुभएको थियो l त्यसैगरी प्राप्त नतिजाका आधारमा २९९० अंककासाथ टिम प्रथम हुन सफल यल्लो हाउस, २७२० अंक सहित द्वित्तीय हुन सफल ग्रिन हाउस तथा २६९० अंक प्राप्त गरि तृतीय हुन सफलरेड हाउसलाई रनिंग शिल्ड अन्तर्गत ट्रफीद्वारा पुरस्कृत गरिएको थियो l
उक्त कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक शायरा हमाल, एकेडेमिक इन्चार्जहरु सरोज राज उपाध्याय र रेनुका कुमाई तथा अतिरिक्तक्रियाकलाप इन्चार्ज सुरेश श्रेष्ठलाई शैक्षिक सत्र २०७९ लाई सफल बनाउन खेलेको भूमिकाका लागि विद्यालय व्यवस्थापन समितीकाअध्यक्ष रेवती प्रसाद दाहालद्वारा सम्मान गरिएको थियो l
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै संस्थापक हमालले विद्यार्थीहरुलाई परीक्षाको शुभकामना दिनुहुँदै विद्यार्थीको सर्वांगीण विकासकालागि विद्यालयले प्रदान गर्दै आएका एवम् हाल सालै थप गरिएका भौतिक सुविधाहरुको चर्चा गर्दै आगामी शैक्षिक सत्र २०८० को लागिकक्षा नर्सरीदेखि ९ कक्षासम्म सिमित सिटहरुमा भर्नाको लागि प्रवेश परीक्षाहरु सुचारु रहेको जानकारी गराउनुभयो l








































