Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२८:४८ दिउँसो
- ADVERTISEMENT -

के पाइन्छ सिन्की-गुन्द्रुकमा, के छ फाइदा ?

प्रकाशित मिति: २०७९ चैत २०, सोमबार

257
Shares

सिन्की र गुन्द्रुक पौष्टिक तत्व भिटामिनले भरिपूर्ण खान्की हो । हामी सबैलाई थाहा भएकै कुरा, सिन्की मुलाबाट बनाएको हुन्छ भने गुन्द्रुक हरियो सागपातबाट । यस्तो नेपाली भान्सा नहोला, जहाँ सिन्की-गुन्द्रुक नपाकेको होस् । यस्ता नेपाली नहोलान्, जसको जिब्रोले सिन्की-गुन्द्रुकको स्वाद नपाएको होस् ।

उहिले हाम्रा पूर्खाहरुले आफ्नो छाक टार्नका लागि हो वा स्वाद फेर्नका लागि, सिन्की-गुन्द्रुक बनाउने गज्जबको तरिका जाने । जबकि यो लामो समय भण्डारण गरेर खान मात्र उपयोगी थिएन, पौष्टिक तत्वले भरिपूर्ण पनि थियो । त्यसैले त सिन्की-गुन्द्रक आज पनि धेरैको लागि प्रिय खानेकुरा बनेको छ ।

चिल्लो-चाप्लो खाएर पेट ढुस्स भएको बेला होस् वा अपचको स्थितिमा, सिन्की-गुन्द्रुक खाएपछि भने पेट हल्का हुन्छ । खासमा त यसले भोक जगाउने काम पनि गर्छ । मगमग बास्ना आउने, अमिलो र भिन्नै मीठो स्वाद हुन्छ सिन्की-गुन्द्रुकको । यसमा घिउ वा तोरीको तेल हालेर बनाउँदा एकदम स्वादिलो हुन्छ ।

के-के पाइन्छ ?

सिन्की-गुन्द्रुकमा भिटामिन बी, सी र के पाइन्छ । यी भिटामिनले शरीरभित्र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । यसले शरीरको रोगसँग लड्ने क्षमता बढ्छ । यसमा आइरन र जिंक पर्याप्त मात्रामा हुन्छ । यसमा तुलनात्मक रुपमा हरियो सागपात तथा ताजा मूलामा भन्दा बढी पोषण तत्व पाइन्छ ।

प्रोबायोटिक पनि

सिन्की र गुन्द्रुकमा प्रोबायोटिक हुन्छ, किनभने फर्माटेसन (एउटा वस्तु अर्कोमा रुपान्तरणका क्रममा हुने रासायनिक प्रक्रिया) बाट बनाएका हुन्छन् । यो प्रक्रियाबाट बनेका वा बनाएका जुनसुकै चीजमा प्रोबायोटिक हुन्छ ।

के छ फाइदा ?

सिन्की र गुन्द्रुकले खानमा रुचि बढाउने, रोग प्रतिरोधात्क क्षमता बढाउने, पाचनशक्ति बलियो बनाउने काम गर्छ । पाचनशक्ति बलियो हुने भएकाले पेटसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ ।

त्यस्तै चिसोबाट लाग्ने रुघाखोकी, ज्वरो र झाडापाखालाबाट पनि जोगाउँछ । यसले शरीरमा जम्मा भएका विषादी चीज (टक्सिक फ्याक्टर) निकाल्न पनि मद्दत गर्छ । स्तनपान गराइरहेकी आमा (सुत्केरी महिला)ले गुन्द्रुक खाएमा दूध बढ्छ, जसले बच्चालाई दूध पर्याप्त मात्रामा पुग्छ र बच्चा स्वस्थ रहन्छ ।

पेट सफा गर्छ

सिन्की र गुन्द्रुकमा पाइने अमिलोपनले पेट सफा गर्न मद्दत गर्छ । यसले गर्दा पेटसम्बन्धी हुने समस्याबाट टाढा राख्छ । साथै यसमा पाइने भिटामिनले पाचन प्रक्रिया बढाउने भएकाले पेटमा जमेका चिल्लो पदार्थहरु निकाल्न पनि सहयोग गर्छ ।

अचार बनाउने कि झोल ?

सिन्कीलाई विशेषगरी तरकारी वा अचार बनाएर खाने चलन छ भने गुन्द्रुकलाई अचार बनाएर । यी दुवैमा जुनसुकै तरकारी मिसाएर खान मिल्छ । यसलाई झोल, ग्रेभी बनाएर खान सकिन्छ । मान्छेको जीवनशैली, परम्परा र संस्कृतिअनुसार पनि फरक-फरक तरिकाले खाने प्रचलन छ ।

सिन्की-गुन्द्रुक खान नहुने अवस्था

युरिक एसिड बढेका र बाथरोग भएका बिरामीले गुन्द्रुक र सिन्की खानु हुँदैन । यस्ता बिरामीले सिन्की-गुन्द्रुक खाँदा हाडजोर्नीको दुखाइ झन् बढ्छ । त्यसकारण यी रोगका बिरामीले सिन्की-गुन्दु्रक मात्रै होइन यसैगरी बनाइएका अन्य अचार पनि खानु हुँदैन । जटिल रोग भएका व्यक्तिले सिन्की-गुन्द्रुक खाँदा जोखिम हुन सक्छ । तर मधुमेह भएका बिरामीले भने सन्तुलन मिलाएर खान मिल्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -