नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुरू भएको छ ।
बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको हो। बैठकमा सरकारमा सहभागी नभएका शेखर कोइराला पक्षका मन्त्रीहरूको बारेमा छलफल हुने जनाइएको छ।
साथै पार्टीभित्रको आन्तरिक समस्याबारे पनि छलफल गर्ने र बारा निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि कसलाई उठाउने भन्नेबारे पनि निर्णय गरिने बताइएको छ ।








































