नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित गृहमन्त्री र शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री हुने भएका छन् ।
मन्त्रालय हेरफेर हुँदा श्रेष्ठ गृह मन्त्रालयमा पुगेका हुन् । बस्नेतले भने नयाँ मन्त्रीको रूपमा सपथ लिनेछन् । बस्नेत चौथोपटक मन्त्रीको सपथ लिन लागेका हुन् ।
सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको मन्त्रालय भने यथावत् हुने भएको छ । त्यस्तै, सञ्चारमन्त्री रेखा शर्मा र पर्यटनमन्त्री सुदन किराँतीको मन्त्रालय पनि यथावत् हुने भएको छ ।








































