Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५३:१० दिउँसो
- ADVERTISEMENT -

मिटरब्याजी पीडित काठमाडौंमा, गाउँमा घरघर पसेर आफन्त कुट्दै मिटरब्याजी

प्रकाशित मिति: २०७९ चैत १६, बिहीबार

269
Shares

अनामनगरस्थित धर्नामा बसिरहेकी एक मिटरब्याजी पीडित अचानक अतालिँदै रुन थालिन्।

रोएको देखेपछि वरिपरीका मानिस उनीतर्फ गए। धनुषा बर्कुर्वाकी कलशियादेवी यादवलाई फोन आएको रहेछ, ‘घरमा छोरालाई कुटपिट गर्दैछन्।’ उनका १६ वर्षका छोरालाई स्थानीय मिटरब्याजी अशोक सदाको परिवारले कुटपिट गरेको रहेछ। ‘उहाँको छोरालाई झुटो मुद्दा लगाएर कुटपिट गरेछन्,’ कलशियादेवीका एक छिमेकीले भने।

बिहान करिब ११ बजे उनको छोरा भरत सदालाई कुटपिट गरिएको रहेछ। यसबारे थप बुझ्नका लागि अभियन्ता कुमार बर्तौैलाले सवैलाको प्रहरी चौकीमा फोन गरे।

त्यहाँका प्रहरी निरीक्षक रामकिशोर देवकोटाले कुटपिट गर्ने बाबु छोरी र पीडित भरत सदालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताए। ‘बर्कुर्वामा झगडा भयो भनेर फोन आयो। अशोक सदाको छोरीले चप्पलले गालामा हानेकी रहिछन्। हामीले सोधपुछका लागि ल्याएका छौँ,’ इन्स्पेक्टर देवकोटाले भने।

पीडित भरत सदाले आफू गाउँको पसलमा बसिरहेको बेलामा अशोक सदाको छोरीले चप्पलले हानेर कुटपिट गरेको बताए। ‘अनि उल्टै प्रहरीले मलाई थानामा लिएर आए। यसरी हाम्रो सुरक्षा कसरी हुन्छ?’उनले फोनमा भने। कलशियादेवीले ७ महिनाअघि अशोक सदासँग १ लाख रुपैयाँ ऋण लिएकी थिइन्। उनले पटक पटक गरेर ७८ हजार ऋण अशोकलाई तिरिसकेको बताइन्। तर पनि उनले तिरेको ऋण अशोकको खातामा चढेको छैन।

उल्टै कागज गर्न अशोकले आफ्नो परिवारलाई धम्की दिइरहेको उनले बताइन्। ‘झुटो मुद्दा लगाएर धम्की दिइरहेका छन्। म यता आन्दोलनमा आएको छु। उता छोराले कुटाइ खाइरहेको छ। कसरी सहनु,’ उनले रुँदै भनिन्।

अरु मिटरब्याजी पीडित पनि गाउँमा आफ्नो परिवारलाई आक्रमण हुन्छ भन्ने  चिन्तित देखिएका छन्।  

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -