Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१४:५५ दिउँसो
- ADVERTISEMENT -

नेपाली अर्थतन्त्रलाई वाह्य क्षेत्रसँग जोड्दै लाभ लिन सक्नुपर्छः उपराष्ट्रपति यादव

प्रकाशित मिति: २०७९ चैत १४, मंगलबार

218
Shares

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसँग जोड्न द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

उनले स्वदेशी अर्थतन्त्रलाई वाह्य क्षेत्रसँग जोड्दै त्यसबाट लाभ लिन सकिने बताएका हुन् ।

उपराष्ट्रपति यादवलाई बधाई तथा शुभकामना दिन पुगेका १९ द्विराष्ट्रिय उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीसँगको भेटमा उनले भने, ‘अहिलेको विश्वमा हामीले विभिन्न मुलुकसँग सहकार्य गरेर आर्थिक विकासमा फड्को मार्नुपर्छ र त्यसका लागि द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुको क्षमताको उपयोग गरिनुपर्छ ।’

वैदेशिक व्यापार, लगानी, पर्यटन प्रवर्द्धन तथा आर्थिक कूटनीतिका क्षेत्रमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुको क्षमता, अनुभव तथा सञ्जाललाई उपयोग गर्नुपर्ने उनको भनाइ छ ।

आफू कार्यकारी भूमिकामा नरहे पनि मुलुकको आर्थिक विकासका लागि सरकारलाई सल्लाह र सुझाव दिने उल्लेख गदै उपराष्ट्रपति यादवले निजी क्षेत्रको सहभागिता र सहकार्यबिना आर्थिक विकासको लक्ष्य पूरा हुन नसक्ने बताए । संविधानले निजी क्षेत्रलाई आर्थिक विकासको बलियो खम्बाका रुपमा स्वीकार गरिसकेकाले राज्यका नीति नियम पनि निजी क्षेत्रमैत्री हुनुपर्ने उनकाे बुझाइ थियाे ।

उपराष्ट्रपति यादवसँगको भेटमा १९ संघबाट नेपाल चीन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थतन्त्रको अवस्थाबारे संक्षिप्त रुपमा प्रकाश पारेका थिए । श्रेष्ठले निजी क्षेत्रको अभिभावकका रुपमा उपराष्ट्रपतिबाट सरकारलाई निजी क्षेत्रमैत्री नीति नियम तर्जुमाका लागि सल्लाह सुझाव प्रदान हुने अपेक्षा राखिएको बताए ।

‘अर्थतन्त्र संकटमा छ, विदेशी लगानी बढ्न सकेको छैन र व्यापारघाटा हाम्रो नियन्त्रणमा छैन,’ श्रेष्ठले भने, ‘हामी द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु वैदेशिक व्यापार, लगानी तथा पर्यटनमार्फत मुलुकको दिगो आर्थिक विकासमा प्रतिवद्ध छौं ।’ श्रेष्ठले सरकारले निजी क्षेत्रका मागलाई सम्बोधन गरेमा अहिलेको समस्या समाधान गर्नसकिने धारणा राखे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -