परदेशी भुमि आफैमा एक अपरिचित भुमि हो, जँहा गएर घुलमिल हुनै निकै समय लाग्ने गर्छ । कामको शिलशिलामा होस या अध्ययन को शिलसिलामा पराइ भुमिमा निकै चुनौती हुन्छ । कामको समय र अध्ययन को समय छुट्याएर थकित शरीरले गीत संगितलाइ निरन्तरता दिनु भनेको चानचुने कुरा होइन ।
यस्ता हरेक बाधा अवरोध लाइ पाखा लगाउदै परदेश बाटै चम्किएको नाम हो सुर्य खड्का । परदेशी गायकको उपमा पाएका सुर्यको जन्म बाग्लुङ जिल्लाको धम्जा मा भएको हो । सानै देखि गीत संगित प्रति रुचि राख्ने खड्काले स्कुल स्तरिय प्रतियोगिताहरुमा कहिँ बाद्यबादक को रुपमा त कहिँ गायक को रुपमा भाग लिदै आएका थिए । हरेक कुरामा पोख्त खड्काले रेडियो तथा एफ. एम हरुमा गायक र बाद्यबादक को रुपमा पनि काम गरेका थिए।
२०६५ सालबाट जापानलाइ कर्मथलो बनाउदै आएका खड्काका दर्जनौ गीत सुपरहिट छन । न आउ मेरो भाइ , घडि , चार बजेको आलराम, साडि फरर , नैना सेशम , ढुङ्गे धारा र पछिल्लो समय बनमा खयर चर्चाको शिखरमा छन । परदेशी बाटै चम्किएका खड्काका गीत सबै मौलिक गीत छन ।
त्यस्तै खड्काको आज मात्र आँशु बरर गीत बजारमा आएको छ । पछिल्लो समयका चर्चित सर्जक तथा गायक रबिन लामिछानेको शब्द संगितमा रहेको गीतमा स्वर सुर्य खड्का र रेजिना परियारको रहेको छ । माया प्रेममा बिछोड भएको बिषयलाइ रबिनले शब्द संगित मार्फत उत्कृष्ट तरिकाले प्रस्तुत गरेका छन । गीतको भिडियो पनि रबिन आफैले निर्देशन गरेका छन त्यस्तै अभिनयमा स्वयम सुर्य खड्का र जुना गुरुङ लाइ देख्न सकिन्। गीत हरेक पाटो बाट उत्कृष्ट बनेको छ । गीतले दर्शक श्रोताको मन जित्नेमा आफुहरु बिश्वस्त रहेको निर्माण टिमले बताएका छन ।
बाँकि भिडियो बाट








































