Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
२:२५:०४ दिउँसो
- ADVERTISEMENT -

मन्त्रिपरिषद् विस्तारको टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

प्रकाशित मिति: २०७९ चैत १२, आइतबार

196
Shares

काठमाडौं, चैत १२ गते। सत्ता गठबन्धनको बैठक आइतबार साँझ बस्ने भएको छ ।  सत्तारुढ नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले आइतबार साँझ बस्ने बैठकमा मुख्यतः मन्त्रिपरिषद् बाँडफाँडको सम्बन्धमा छलफल हुने जानकारी दिनुभयो । 

महासचिव गुरुङले भन्नुभयो, “यो नेताहरुबीच छलफल गरेर टुङ्ग्याउने कुरा भयो ।” सत्ता गठबन्धनमा सहभागी दलले मन्त्रालयमा आ–आफ्नै दाबी गरेको सन्दर्भमा उहाँले भन्नुभयो, “माग त भइरहन्छ तर, मिटिङ पोइन्ट खोज्ने अर्को कुरा भयो ।”

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले साँझको गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँड, बारा– २ को उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताउनुभयो ।

नेता झाले भन्नुभयो, “उपनिर्वाचनमा भाग लिने तयारी गरौं भन्ने नै छ । जसअनुसार आज निर्वाचन आयोगमा दल दर्ता पनि गर्‍यौं । दोस्रो कुरा, गठबन्धनभित्र छलफल चलाउने कुरा हो । आज पनि गठबन्धनको बैठक छ ।”

माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकले आउँदो सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ । 

सत्ता गठबन्धनमा माओवादी केन्द्रसहित, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायत  सहभागी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -