तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई नगद राशीसहित सम्मानगरेको छ ।
आइतबार एक कार्यक्रमको आयोजना गरि खेलाडीहरुलाई जनही ५० हजार नगद राशीसहित सम्मान गरेको हो ।
आइसीसी विश्वक लिग(२ मा उत्कृष्ट खेल प्रदर्शन गरेका ओपनर ब्याटम्यान कुशल भुर्तेल, राष्ट्रिय टोलीमा सहभागी मौसम ढकाल तथा यू(१९ क्रिकेटका क्याप्टेन देव खनाललाई सम्मान गरिएको हो । दुई राष्ट्रिय खेलाडी सम्मिलित सिनीयर टोलीले विश्व कप छनोट खेल्न पाउने भएका छन।
तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाण, उप प्रमुख जगेश्वरदेवी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले संयुक्त रुपमा टीका, माला तथा प्रशंसापत्र सहित नगद पुरस्कारले सम्मान गर्नु भएको हो ।
खेलाडीहरुलाई सम्मान गर्दै नगर प्रमुख खाणले तिलोत्तमालाई क्रकेटको हबको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्नु भयो। खेलको माध्यमबाट भौतिक पूर्वाधार तथा मानवीय बिकासमा समेत टेवा पुग्ने भएको हुदा आफ्नो स्रोत र साधनले भ्याएसम्म तिलोत्तमाले खेलकूदको क्षेत्रमा लगानी गरेको बताउनु भयो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्दै तिलोत्तमा र सिङ्गो मुलुकलाई पहिचान दिलाउन सकेको भन्दै सम्मानित खेलाडीहरुलाई बधाईसहित शुभकामना व्यक्त गर्नु भयो ।
यसैगरी नगर उपप्रमुख चौधरीले खेलाडीहरुलाई बधाई दिँदै
नेपालको पहिचानसँगै तिलोत्तमालाई विशेष रुपमा पहिचान प्रदान गर्न सफल भएको उल्लेख गर्नु भयो ।
खेलाडी उत्पादनका लागि तिलोत्तमा नगरपालिकाले आवश्यक पहल जारी राखेको बताउँदै चौधरीले खेलकै माध्यमबाट तिलोत्तमालाई परिचित गराउन पाउनु खुशीको कुरा भएको बताउनु भयो ।
सम्मान ग्रहण गर्दै राष्ट्रिय खेलाडी भुर्तेलले सबैको साथ समर्थनले नै आफू र आफ्नो टिमले सफलता हात पारेको उल्लेख गर्नु भयो। नगरपालिकाले आफूहरुलाई सम्मान गरेर तिलोत्तमामा थप नयाँ र प्रतिभावना खेलाडी उत्पादनका लागि अवसर सिर्जना गरेकोमा खलाडी हरुमा हौसला थप हुन उल्लेख गर्नुभएको थियो ।
तिलोत्तमा नगरले गर्यो क्रिकेट टोलीका ३ खेलाडीलाई नगद सहित सम्मान
प्रकाशित मिति: २०७९ चैत १२, आइतबार
251
Shares

- ADVERTISEMENT -

सम्बंधित समचार
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

जापानका नेपाली व्यवसायी दीपक सुवेदीद्वारा बाढीपीडितलाई ३६ लाख येन सहयोग ।

बाढी–पहिरो पीडितका लागि नेपाली जनसम्पर्क समिति जापानद्वारा १० लाख रुपैयाँ सहयोग

चण्डिका अंगाईको प्रस्तुति नयाँ तीज गीत PR वाला मायालु सार्वजनिक

रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो साता, मानसरोवर जाने कार्यक्रम तय

बलेवा सेवा समाज जापानद्वारा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम आयोजना
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.98
148.58

European Euro
1
162.41
163.07

UK Pound Sterling
1
193.96
194.75

Swiss Franc
1
175.88
176.60

Australian Dollar
1
98.55
98.95

Canadian Dollar
1
103.33
103.75

Singapore Dollar
1
114.77
115.24

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
22.16
22.25

Saudi Arabian Riyal
1
39.44
39.60

Qatari Riyal
1
40.61
40.78

Thai Baht
1
4.36
4.38

UAE Dirham
1
40.29
40.45

Malaysian Ringgit
1
35.98
36.13

South Korean Won
100
11.06
11.11

Swedish Kroner
1
14.51
14.57

Danish Kroner
1
21.73
21.82

Hong Kong Dollar
1
18.88
18.96

Kuwaity Dinar
1
478.90
480.84

Bahrain Dinar
1
392.29
393.88

Omani Rial
1
384.36
385.92









