काठमाडौं।
नेपाल स्वयंसेवी रक्तदाता समाजको आह्वानमा चन्द्रागिरी सरोकार समाजको समन्वय तथा लालीगुराँस महिला समूहको आयोजनामा चन्द्रागिरीको मातातिर्थमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

लालीगुराँस महिला समूहद्वारा प्रथम पटक उक्त कार्यक्रममा नेपाल स्वयमसेवी रक्तदाता समाज चन्द्रागिरी नगर समितिका अध्यक्ष सराेज थापाको प्रमुख आतिथ्यता रहेकाे साे कार्यक्रममा २४ जना पुरूष तथा १६ जना महिला गरि जम्मा ४० जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए।

लालिगुराँस महिला समूहकी अध्यक्ष वर्षा पाण्डेकाे सभापतित्वमा अायाेजित उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाज चन्द्रागिरी नगर समितिका अध्यक्ष एवं चन्द्रागिरी सरोकार समाज समितिका अध्यक्ष समेत रहेका सरोज थापाले रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई प्रमाण-पत्र पनि बितरण गरेका थिए।









































