Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३१:५४ बिहान
- ADVERTISEMENT -

कांग्रेसले कुन–कुन मन्त्रालय पाउँदैछन् ?

प्रकाशित मिति: २०७९ चैत १२, आइतबार

221
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट दोस्रोपटक विस्वासको मत पाएपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी गएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासँग छलफलपछि सोमबार मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा प्रचण्ड पुगेका हुन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट एमाले र राप्रपा बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिएका थिए । कांग्रेस सबैभन्दा ठूलो दल भएकाले यसअघि एमालेले पाएको संख्या बाराबर मन्त्रालयमा आफूहरूको दाबी रहेको खड्काले बताए ।

‘हामीले प्रधानमन्त्रीज्यूसँग एमालेले पाएको संख्या बराबर मन्त्रालय दाबी गरेका छौं । यसविषयमा छलफल जारी छ । भोलिसम्म हामी सरकारमा सहभागी हुनेछौं’, उनले भने ।

यसअघि एमालेले पाएका मन्त्रालय नै कांग्रेसले पाउने लगभग पक्का भएको कांग्रेसका एक पदाधिकारीले बताएका छन् । मन्त्रालय भागबण्डामा कांग्रेसले ८ मन्त्रालय पाउने निश्चित भएपनि केही मन्त्रालयमा कुरा नमिलेको ती नेताले बताए ।

‘गृहमन्त्रालय माओवादीले लिने भएपछि अर्थ, रक्षा, परराष्ट्र, स्वास्थ्य, उद्योग बाणिज्य मन्त्रालय हामीले पाउने लगभग सहमति भएको छ । केही मन्त्रालयमा कुरा मिल्न बाँकी भएकाले आइतबारसम्म मन्त्रालय बाँडफाँटमा टुंगोमा पुर्याउने छौं’, ती नेताले भने । तत्कालीन मन्त्रिपरिषद्मा एमालेले अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य, उद्योग वाणिज्य तथा आपूर्ति, भूमिसुधार सहकारी तथा गरिबी निवारण कृषि तथा पशुपन्छी महिलो, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लिएको थियो ।

कांग्रेसबाट खड्काले उपप्रधान तथा अर्थमन्त्रालयको जिम्मेवारीसहित नेतृत्व लिने लगभग पक्का भएको छ । अन्य मन्त्रीमा शेखर पक्षबाट अर्जुन नरसिंह केसी, धनराज गुरुङ, डीगबहादुर लिम्बूमध्ये २ जना मन्त्री बन्ने सम्भावना रहेको छ । त्यस्तै परराष्ट्रमा डा. प्रकाशशरण महत आउने सम्भावन रहेको छ । यसैगरी सीता गुरुङ, रामहरी खतिवडाले मन्त्रीमा दाबी गरेका छन् । रमेश रिजाल, किशोरसिंह राठोर, एनपी साउद मन्त्री बन्ने लाइनमा छन् । कांग्रेसले योपटक योग्यता, योगदान र समावेशीताको आधारमा मन्त्री छान्न लागिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -