हेटौडा
मिति २०७९।१२।१० गते अं. ००:१५ बजेको समयमा बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं.१५ रातोमाटे लच्का स्थित सडकखण्डमा हेटौडाबाट आउदै गरेको ना.६ ख ३०२१ नं.को डिब्बा ट्रक चालक जिल्ला मकवानपुर कैलाश गाउँपालिका वडा नं.९ नामटार बस्ने बर्ष ३० को सुभचन्द्र भोम्जनले उक्त डिब्बा ट्रकमा लुकाई छिपाई ल्याउदै गरेको अवस्था १४४ किलो लागू औषध गाँजा फेला परेको हुदाँ निज सुभचन्द्र भोम्जनलाई उक्त लागूऔध गाँजा,डिब्बा ट्रक सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको मकवानपुर प्रहरीले जानाकारी दिएको छ |









































