काठमाडौंको बसुन्धारास्थित साउथ वेस्टर्न स्कुलले फेरि अर्को अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल भएको छ । स्कुलले ‘अमेरिकाज बेस्ट प्रिन्सिपल अवार्ड’ हात पार्न सफल भएको हो । सो स्कुलका स्कुलका प्रिन्सिपल रमेश अधिकारीले सो अवार्ड प्राप्त गरेका हुन् । भर्चुअल माध्यमबाट यो अवार्ड प्रदान गरिएको हो ।
अमेरिकाको न्यु जर्सीबाट विश्वभरका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा यो अवार्ड प्रदान गरिएको हो । समाजमा विशिष्ट योगदान पुर्याउने विश्वभरका व्यक्तिलाई यो अवार्ड प्रदान गर्ने गरिन्छ ।
सन् २०२२ मेमा मनोनयन दर्ता गरी विभिन्न चरणहरू पार गर्दै प्रिन्सिपल अधिकारीले उक्त अवार्ड हात पारेका हुन् । सो अवार्डका लागि डकुमेन्ट प्रिजेन्टेसन, भर्चुअल प्रिजेन्टेसन, अन्तर्वार्ता, शैक्षिक सन्दर्शन तथा योजना, शैक्षिक योगदान, सामाजिक योगदान, अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा विद्यार्थीहरूको सहभागिता तथा प्राप्त नतिजा, विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक तथा अतिरिक्त क्रियाकलापलगायतको मूल्याङकनलाई मुख्य आधार बनाइएको थियो ।
स्कुलले विगत चार वर्षको अवधिमा पाँचवटा अन्तर्राष्ट्रिय अवार्ड हात पारिसकेको छ । यसअघि २०२२ मा स्कुलले एकैपटक दुईवटा अवार्ड ‘एसियाज बेस्ट प्रिन्सिपल अवार्ड’ र ‘यसियाज भिजिनरी प्रिन्सिपल अवार्ड’ हात पारेको थियो । यो अवार्डको समाचार ‘टाइम्स अफ लन्डन’ ले समेत प्राथमिकताका साथ प्रकाशित गरेको थियो ।
त्यस्तै, सो स्कुलले ‘प्रतिष्ठित अन्तर्राष्ट्रिय विद्यालय’ विधाअन्तर्गतको उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड पनि प्राप्त गरेको थियो । ‘शिक्षामा उत्कृष्टताका लागि अन्तर्राष्ट्रिय केन्द्र (INCEED) र ‘कला, संस्कृति र शिक्षाको स्थिरताका लागि समाज’ (SPACE) को संयुक्त आयोजनामा डिसेम्बर २०, २०२० मा भारतको नयाँ दिल्लीबाट भर्चुअल रूपमा सञ्चालित ‘अन्तर्राष्ट्रिय शिक्षा शिखर सम्मेलन र पुरस्कार’ कार्यक्रममा उक्त अवार्ड घोषणा गरिएको थियो ।
त्यसैगरी, ‘ग्लोबल स्कुल अवार्ड’ र ‘इडु नेसन टीभी’द्वारा १२ अक्टोबर २०२० मा आयोजित एसियाको पहिलो भर्चुअल अन्तर्राष्ट्रिय सभामा यो स्कुलका प्रिन्सिपल अधिकारीले ‘ग्लोबल स्कुल अवार्ड’ अन्तर्गत ‘बेस्ट प्रिन्सिपल २०२०’ प्राप्त गरेका थिए । त्यस्तै, २०१९ डिसेम्बरमा दुबईको अमिट युनिभर्सिटीद्वारा दुबईमा आयोजित एक कार्यक्रममा अन्तर्राष्टिय स्कुल अवार्डअन्तर्गत सो स्कुलले एक्सिलेन्स टिचिङ अवार्ड प्राप्त गरेको थियो ।








































