Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१६:५२ दिउँसो
- ADVERTISEMENT -

तिब्बतीयन शरणार्थी क्याम्पमा बस्ने लेखापालले कसरी लिए नेपाली नागरिकता ?

प्रकाशित मिति: २०७९ चैत १०, शुक्रबार

180
Shares

काठमाडौँ । चीनको तिब्बत घर भएका लोब्साङ ठिन्लेउर्फ लोब्साङ गुरुङ नेपालमा बसेको लामो समय भइसक्यो । २५ वर्षीय लोब्साङ तनहुँको दुलेगौँडास्थित तिब्बतीयन शरणार्थी क्याम्पमा बस्छन् । उनी त्यहाँका लेखापाल पनि हुन् । तीनै तिब्बतीयनले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नेपाली नागरिकता लिएको थाहा भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले लोब्साङ सहित उनलाई नागरिकता दिलाउने समूहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उनीसहित ५ जना छन् ।

लोब्साङलाई नेपाली नागरिकता दिलाउन दुई वटा समूह सक्रिय भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । एउटा समूहले नक्कली कागजात तयार गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौँको गेट बाहिर सम्म लगिदिए । अर्को समूहले जिल्ला प्रशासन कार्यालयभित्र ‘सेटिङ’ मिलाएर उनलाई नागरिकता दिलाए ।

काठमाडौँ जिल्ला प्रशासनबाट तिब्बतीयनले नागरिकता लिने गरेको सूचना प्रहरीले फागुन पहिलो साता पाएको थियो । सो सूचना पछ्याउँदै जाँदा नागरिकता किनबेच गर्ने समूहको पोल खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्र सिंह राठौरले बताए ।

लोब्साङलाई नागरिकता दिलाउन झापाको कचनाकवल गाउँपालिका–३ घर भएका कृष्ण बहादुर कटुवालले आवश्यक कागजात बनाउने जिम्मा लिएका थिए । लतिलपुरको इमोडाल बस्ने ४७ वर्षीय कटुवालले वडाको सिफारिस लगायतका कागजात नक्कली बनाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

कटुवाल आफूले कागजात बनाउने जिम्मा लिएर हिरालाल सिवाकोटीलाई कागजात बनाउन लगाएका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी राठौरका अनुसार मोरङको सुन्दर हरैंचा नगरपालिका घर भएका सिवाकोटीले नक्कली कागजात बनाएर कटुवाललाई दिएका हुन् । सो कागजातका आधारमा लोब्साङले नागरिकता पाए । कटुवाल र हिरालाल दुवै जना पक्राउ परेका छन् ।

क्यान्टिन सञ्चालक पक्राउ, प्रशासकीय अधिकृतको संलग्नता

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तिब्बतीयनलाई नागरिकता दिलाउन बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा कम्तीमा १६ वटा समूह सक्रिय रहेको देखिएको छ । नक्कली कागजात बनाउने समूहको भूमिका गेट बाहिर मात्रै हुन्थ्यो । प्रशासन कार्यालयभित्रको जिम्मेवारी क्यान्टिन सञ्चालक र प्रशासकीय अधिकृतको हुन्थ्यो ।

ललितपुरको गोदावरी घर भएका ३० वर्षीय विजय लामा प्रशासन कार्यालयभित्रको चमेना गृहको सञ्चालक हुन् । विजयले पेस गर्ने नक्कली कागजातको आधारमा प्रशासकीय अधिकृतले नागरिकता बनाइदिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले विजयलाई पक्राउ गरेको छ । विजयले कान्छा गुरुङलाई बुवा बनाएर लोब्साङ ठिन्लेलाई नागरिकता दिलाएको देखिएको एसपी राठौरले बताए । कान्छा गुरुङलाई ‘बुवा’ बनाएर जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १२ जना तिब्बतीयनले नागरिकता लिएको भेटिएको छ ।

शरणार्थीलाई नागरिकता जारी गर्ने प्रशासकीय अधिकृतबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । विजयले नागरिकता फाँटमा कार्यरत एक जना नायव सुब्बा र प्रशासकीय अधिकृतसँग मिलेर नागरिकता बनाइदिने गरेका थिए । एउटा नागरिकता बनाएबापत सो गिरोहले ३ देखि ५ लाख लिने गरेको अनुसन्धानबाट खुलेको छ । ठिन्लेले ३ लाख ५० हजार तिरेर नागरिकता बनाएको प्रहरीलाई बताएका छन् ।

नागरिकता बनाउने समूहले अधिकांशलाई काठमाडौँ महानगरपालिका वडा नम्बर–६ बौद्धको बासिन्दाको रूपमा चिनाएका छन् । ६ नम्बर वडा कार्यालयको सिफारिस कागजातको आधारमा तिब्बतीयनले नागरिकता पाएका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर–६ का अध्यक्ष भुवन लामाको नामको छाप प्रहरीले बरामद गरेको छ । सो छाप जिल्ला प्रशासन कार्यालय नजिकै कटुवालको लेखापढी अफिसबाट बरामद गरिएको एसपी राठौरले जानकारी दिए ।

कीर्ते काम गरेर ललितपुरमा घर

कृष्ण बहादुर कटुवाल यसअघि पनि दुई पटक किर्ते मुद्दामा पक्राउ परेर छुटेका हुन् । कटुवालविरुद्ध प्रहरीले यसअघि २०७७ र २०७२ मा ठगी र किर्तेमा मुद्दा चलाएको थियो ।

झापाको कचनाकवलका स्थायी बासिन्दा कटुवाल अहिले ललितपुरको इमाडोलमा बस्छन् । इमाडोलमा उनले भव्य घर बनाएका छन् । किर्ते काम गरेर नै उनले घर बनाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । काठमाडौँ प्रशासनबाट कटुवालले १० वटा नागरिकता दिलाएको भेटिएको छ । प्रहरीसँग कटुवालले भनेका छन्, ‘नागरिकता बनाउन ५ सय भन्दा बढी कागजात मिलाइदिएको छु ।’

प्रहरीको नियन्त्रणमा रहेका ७० वर्षीय न्युल्केश श्रेष्ठ मध्यपुर थिमीका हुन् । गिरोहले उनलाई नक्कली बुवा बनाएर नागरिकता बनाउन प्रयोग गर्ने गरेको थाहा भएको छ । न्यूल्केशले सनाखत गरेर तिब्बतियन मिङछुङ शेर्पाले नागरिकता लिएको खुलेको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘न्यूल्केशलाई बुवा बनाएर ४ जनाको नागरिकता जारी भएको देखिन्छ ।’

काठमाडौँ–६ बौद्ध ठेगाना उल्लेख भएका र न्यूल्केशलाई बुवा कायम गरेर सोनाम छोदेन, टासी शेर्पा, यशोदा शेर्पा र नाम्से शेर्पाले नागरिकता लिएका छन् । गिरोहले नक्कली बुवा र नक्कली कागजात पेस गरेर सक्कली नागरिकता बनाउँथे ।

नक्कली बुवाको रेट १० देखि १२ हजार हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । कटुवालले भने अनुसारका नक्कली कागजात हिरालाल सिवाकोटीले १५ सयदेखि २ हजारमा तयार गरिदिन्थे । अनि, कटुवालले तिब्बतीयनसँग ३ देखी ५ लाखमा नागरिकता बनाउन ‘डिल’ गर्थे ।

कटुवालको कार्यालयबाट प्रहरीले ५ सय देखि ६ सय थान फोटाहरू बरामद गरेको छ । बबरमहल क्षेत्रमा उनले ९ वर्षदेखि लेखापढी अफिस सञ्चालन गरेका थिए । (रातोपाटि)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -