प्रहरी वृत्त जनसेवाको टोलीले अवैध सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत कोलकाता घरभई हाल काठमाडौं महानगरपालिका –१८ बन्ने ३१ का आसलम शेख रहेका छन् ।
उनको साथबाट प्रहरीले सुनको ढिक्का करिब १० तोला र पाँच ग्रामको एक थान सुनको औठीसहित बराद गरिएको जनसेवा प्रहरी वृत्तका प्रमुख डीएसपी भेषराज रिजालले बताए ।
पक्राउ परेका सेखसहित सुनलाई प्रहरीले आन्तरिक राजस्व कार्यालय पुल्चोक पठाइको छ ।








































