Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५४:२९ दिउँसो
- ADVERTISEMENT -

सेयरमा फिल्म खेल्ने तयारीमा पल शाह

प्रकाशित मिति: २०७९ चैत ९, बिहीबार

200
Shares

काठमाडौं । अभिनेता पल शाह फिल्ममा फर्कने तयारी गरिरहेका छन् । कुनै फिल्ममा साइन नगरेपनि दैनिक एक फिल्मको अफर आइरहेको छ । तर ठ्याक्कै कुन फिल्मबाट पुनरागमन गर्ने भन्ने टुंगोमा उनी पुगेका छैनन् ।

यद्यपि, पुष्पन प्रधानद्वारा संगीतबद्ध ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सनमार्फत उनले म्युजिक भिडियोमा कमब्याक गर्ने पक्का भएको छ । मंगलबार उक्त गीतको रेकर्ड पुतलीसडकस्थित पल निकट संगीतकर्मी योगेशकाजीको स्टुडियोमा भएको छ । फिमेल भर्सनमा अनु चौधरीको स्वर समावेश छ । पलले फिल्म र संगीत करिअरलाई नयाँ ढंगबाट अघि बढाउन खोजिरहेको देखिन्छ । सोहीअनुसार उनले फिल्म गर्दा पारिश्रमिक मात्र नभएर सेयर पनि लिने सर्तमा फिल्म खेल्ने तयारी गरेका छन् । ‘पारिश्रमिक मात्र होइन, सेयर नै लिएर फिल्म गर्ने कुरा छ ।

उहाँलाई अफर गर्न आउने निर्मातालाई उहाँले त्यही भन्नुभएको छ,’ स्रोतले भन्यो, ‘फिल्म चल्यो भने कलाकारलाई पनि फाइदा हुनुपर्छ भन्ने उहाँको मान्यता छ ।’पछिल्लो समय अभिनेताहरु सौगात मल्ल र दयाहाङ राईले कतिपय फिल्ममा पारिश्रमिकको सट्टा सेयर लिएर काम गरिरहेका छन् । छायांकनको तयारीमा रहेको फिल्म ‘हात्तीछाप’मा यी दुईले सेयर लिएर फिल्म गर्ने सहमति गरिसकेका छन् । दयाहाङ र सौगातको यो शैलीलाई पलले पछ्याएका हुन् । एउटा म्युजिक भिडियो गरेबापत २ देखि ३ लाखसम्म पारिश्रमिक लिने डिमान्ड पलले गरेको खबर हालै सार्वजनिक भएको थियो । ‘अवश्य पनि उहाँले २ देखि ३ लाख पारिश्रमिक लिने कुरा टिममा चलेको हो । सुरुमै गर्नुपर्‍यो भनेर ५ लाखसम्म दिन्छु भनेर पनि आएका छन् । तर विचार गरेर मात्र काम गर्ने कुरा छ,’ स्रोतले भन्यो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -