Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०५:०० दिउँसो
- ADVERTISEMENT -

असनमा यसरी मनाईयो पाँहाचह्रे (फोटोफिचर)

प्रकाशित मिति: २०७९ चैत ८, बुधबार

307
Shares

काठमाडौं, ८ चैत्र । नेवार समुदायको महत्वपूर्ण जात्रामध्येको पहाँचर्हे जात्रा धुमधामका साथ मनाएको छ । कृष्ण चतुर्दशीका दिनबाट शुरु हुने यस जात्राको पहिलो दिन गणेश, भगवती, भैरबको पुजा, दोस्रो दिन कन्या पुजा र अन्तिम दिन असनमा चिलाख साटासाट गरि रथ जुधाएर मनाइएको हो ।

नेवार समुदायको महत्वपूर्ण जात्रामध्येको एक पाँहाचह्रे जात्रा काठमाडौँको असनमा धुमधामका साथ मनाइएको छ । जात्राको तेस्रो तथा अन्तिम दिन शनिवार असनमा रथ जुधाएर जात्रा धूमधामका साथ मनाइएको हो । हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् भद्रकाली अजिमा, कङकेश्वरी अजिमा र टेबहाल अजिमालाई आ–आफ्नो ठाउँबाट बाजा गाजासहित स्थानीयले खट जात्रा गरी असन पु¥याएर जात्रा मनाउने गरिन्छ ।

नेपाल भाषामा ‘पाहाँ’ भन्नाले अतिथि र चर्हे भन्नाले चतुर्दशी हुन्छ । पाँहाचर्हेलाई पिशाच चतुर्दशी पनि भन्ने प्रचलन छ । जात्राको अन्तिम दिन विभिन्न तीन स्थानबाट ल्याइएको अजिमालाई असनमा भेला गराएर तीन फन्को घुमाई चिलाख साटासाट गरिएको थियो । यही चिलाख साटासाट गर्ने परम्परालाई असनमा रथ जुधाउने जात्रा भन्ने प्रचलन रहेको छ ।

रथ असन चोकमा लाने क्रममा घरघरबाट रथमा चटामरी फाल्ने प्रचलन छ । जुन प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ । यस पर्बको उपलक्ष्यमा विहेभएका छोरी र आफन्तलाई निम्तो गरेर भोज खुवाउने परम्परा रहेको छ ।

असनमा चिलाख साटासाट गरेपछि तीन वटै अजिमालाई आ–आफ्नो स्थानमा लगि भित्री सहर परिक्रमा गराइएको थियो । पाँहाचर्हे पर्वको अवसरमा काठमाडौंका विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा समेत गरिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -