काठमाडौँ ।
स्ट्याण्ड अप कमेडियन लेखमणि त्रिताल विवाह बन्धनमा बाँधिएका छन्। उनले सामाजिक संजाल फेसबुकमा विवाहको तस्विर सार्वजनिक गर्दै आफ्नो फ्यानहरुलाई सर्पाईज दिएका छन् ।
लेखमणिले प्रेमिका प्रतिक्षा न्यौपानेसँग गत मंसिरमा नै विवाह गरेको बुझिएको छ। तर, उनले फोटो भने मंगलबार मात्र सार्वजनिक गरेका हुन् । उनले आफ्नो विवाह लामो समयसम्म गोप्य राख्न सफल भएका छन् । लेखमणि रमेश अंकलको छोरोको नामले परिचित रहेका छन्।
उनले आफ्नो विवाह सामान्य तरिकाले २५००० रुपैँया मात्र खर्चेर गरेको बताएका छन् । कलाकारको विवाह महँगो हुँदै गरेको अवस्थामा उनले गरेको खर्च अन्यको तुलनामा आकाश जमिनको फरक हो। उनले भने, ‘केही महिना अघि करिब २५ हजार रुपैयाँ खर्चेर विवाह सम्पन्न भएको थियो। अनावश्यक खर्च नगरी हामिले हाम्रो दिन सादा गरी मनाउन सम्भव छ।’








































