Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३४:१४ दिउँसो
- ADVERTISEMENT -

सहिद बहुमुखी क्याम्पस पाल्पामा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल विजयी

प्रकाशित मिति: २०७९ चैत ६, सोमबार

174
Shares

पाल्पा — स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत पाल्पा रामपुरको सहिद बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट उम्मेदवार बनेका ल्याकत अली सभापतिमा विजयी भएका छन् । एमाले निकट अनेरास्ववियुका उम्मेदवार सन्देश ढकाललाई ३२ मतले पछि पार्दै अली विजयी भएका हुन् ।

आइतबार भएको निर्वाचनपछि राति अबेर सम्पन्न मतगणनामा प्रत्यक्षतर्फ सबै पदमा नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानल विजयी भएको निर्वाचन अधिकृत सूर्यप्रसाद घिमिरेले बताए । सभापतिमा निर्वाचित अलीले ३ सय २४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अखिलका ढकालले २ सय ९२ मत पाए । सचिवमा नेवि संघका रमेश पोखरेलले ३ सय ४६ मत प्राप्त गर्दा अखिलकी रमा श्रेष्ठले २ सय ६५ मत पाइन् ।

कोषाध्यक्षमा संयुक्त प्यानलका तिलक सारु ३ सय ३१ मत सहित विजयी हुँदा प्रतिस्पर्धी अखिलकी दुर्गा विकले २ सय ७७ मत प्राप्त गरे । सदस्यमा कसम मल्ल ठकुरी, कविता राना, जयन्ती दर्जी, अस्मिता खनालर महेश राक्से निर्वाचित भए । कुल मतदाता ७ सय ८२ मध्ये ६ सय ५२ मत खसेको थियो ।

समानुपातिकतर्फ नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी)ले संगठन दर्ता गराएको थियो । समानुपातिकतर्फ नेपाल बिद्यार्थी संघले ३ सय २१, अनेरास्ववियुले २ सय ७६ र अनेरास्ववियु (क्रान्तिकारी ) ले ५१ मत प्राप्त गरेको छ । उपसभापति, सहसचिवसहित ५० प्रतिशत पदाधिकारी समानुपातिक मतको आधारमा चयन हुनेछ ।

समानुपातिकतर्फ भने नेपाल विद्यार्थी संघले १०, अनेरास्ववियुले १० र अनेरास्ववियु(क्रान्तिकारी)ले ६ जनाको नामावली पेश गरेका छन् । स्ववियु निर्वाचन अधिकृत सूर्यप्रसाद घिमिरेका अनुसार नेविसंघबाट दर्पण सोती, जनक पाण्डे, बन्दना गैरे, लक्ष्मी श्रेष्ठ, विवेक नेपाली, आशिष पोखरेल, दिक्षा ज्ञावली, विपिन गैरे, योगिता पंगेनी, निकिता पाठकको नाम सिफारिस गरेको छ ।

अनेरास्ववियुले नविना रेग्मी, त्रिशन न्यौपाने, शितल अधिकारी, नारन भण्डारी, शिरिषा विश्वकर्मा, सच्चा रेग्मी, राधिका गौतम, पवन भण्डारी, मिलन पौडेल र विमल गौतमको नाम सिफारिस गरेको छ । अनेरास्ववियु क्रान्तिकारीले चनिसरा सोती, हेम कुमारी सोती, विनु सोती, कान्तिसरा सुनारी, ममता सुनारी र राममाया सोतीको नाम समानुपातिकका लागि पठाएको छ । सहिख बहुमुखी क्याम्पसमा १५ सदस्यीय समिति रहनेछ ।ईकान्तिपुर

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -