काठमाडौं/चैत्र ५ : शिक्षाविद् तथा राजनीतिकर्मी युवराज बस्ताकोटीले नव युवालाई राजनीति बुझ्न तर समय व्यक्तित्व विकासमा लाग्न आव्हान गरेका छन् । आफ्नो फेसवुक वालमा लामो स्टाटस लेख्दै, आजको समय अधिकारको लडाइँ नभएकोले आफ्नो क्षमता वृद्धिमा लागेर एउटा दक्ष व्यक्ति बने पछि मात्रै राजनीतिमा आउन आव्हान गरेका छन्।
उनलेे लेखेका छन् ,” नव युवालाई अनुरोध ! जीवनको उर्जाशील समय राजनीतिक कृयाकलापमा सहभागी भईयो । त्यतिबेला राजनीतिक अधिकार र प्रजातान्त्रिक विधिका लागि लड्नुपर्ने थियोे , सहयोग गर्नुपर्ने थियो ,गरियो। धेरैले गरे पनि । मैले त शैक्षिक कृयाकलाप पनि गरिरहें। नेपालको सन्दर्भमा एउटा तहको योग्यता क्षमता वृद्धि गर्ने प्रयास गरियो । आज सोच्छु, अझै धेरै गर्न सकिन्थ्यो ।
व्यक्तिगत सुख सुविधा महत्त्वपूर्ण रहेछ भन्ने ,आज तत्कालीन समयमा व्यापार व्यवसायमा लागेर धन कमाएका साथी देखेर आफुले कतै गलत गरियो कि भन्ने पनि लाग्छ । शिक्षा मात्रै सबै कुरा रहेन अब नेपालमा।
अत: गुणस्तरीय शिक्षा र सुसंस्कारका लागि सुसंगत जरुरी छ । तर आजको युवा जमातले राजनीति कृयाकलापमा समय दिनु जरुरी छैन । भोलि देश हाँक्न तपाईंसंग क्षमता र योग्यता भयो भने जनताले पत्याउने छन् ।अत: क्षमता योग्यता नभएको मानिस नकारात्मक र गलत सोचाइको हुन्छ । मानिसमा क्षमता भयो भने उ सकारात्मक हुन्छ ।
हामी आर्थिक र शैक्षिक रुपमा कमजोर भयौं भने रिस गर्ने प्रवृत्तिको पनि बन्न सक्छौं । अब आफ्नो व्यक्तित्व विकास गरेर सकारात्मक क्षमता र दिमागको विकास गर्नु होस् । बाबा आमाको सम्पत्तिमा पढ्नु बुद्धिमानी हुन्छ ।
आजको समयको सदुपयोग गर्नु जीवन सफलताको सुत्र हुनेछ ।” समाज विकासका लागि सकारात्मक सोच जरुरी रहेको उनको विचार रहने गरेको छ ।








































