Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४०:३९ दिउँसो
- ADVERTISEMENT -

समयमा पुल निमार्ण नभएको भन्दै रौतहटका पत्रकार सहनी आमरण अनशनमा

प्रकाशित मिति: २०७९ चैत ५, आइतबार

153
Shares

रौतहट । समयमा पुल निमार्ण नभएको भन्दै रौतहटका एक पत्रकार आमरण अनशनमा बसेका छन् ।

जिल्ला सदरमुकाम गौर र इशनाथ नगरपालिका जोड्ने उद्धेश्यले लालबकैया नदीमा निमार्ण सुरु गरिएको पुल ८ वर्ष बितिसक्दा पनि नबन्दा उक्त बाटो हुँदै यात्रा गर्ने हजारौँ स्थानीयले निकै सास्ती भोग्नु परेको भन्दै नेपाल पत्रकार महासंघका रौतहट शाखाका सहसचिवसमेत रहेका पत्रकार संजय सहनी अनशनमा बसेका हुन् ।

‘धेरै सरकार बन्यो ,ढल्यो तर सम्झौता गरेको ८ वर्ष बितिसक्दा पनि लाग्दा पुल अलपत्र हुनु कारण के होला हामीलाई बुझाई दिनु सम्बन्धित निकाय तथा व्यक्तिहरुले बुझाइदिनु पर्यो,’ अनशनरत सहनीले भने, ‘ मेरो ज्यान गए केहि फरक पर्दैन , म मरे पनि मेरो सन्तती र इशनाथ तथा गौर नगरपालिकाको आमाबुबा, दिदीबहिनी र दाजुभाईले पक्की पुलबाट ओहोरदोहोर गर्न पाउन् भन्ने चाहना छ ।’

जिल्ला सदरमुकाम गौर नजिकको लालबकैया नदीमा निर्माण सुरु भएको पुल समयमा नबन्दा सर्वसाधारण जोखिम मोलेर डुंगाबाट वारपार गर्न बाध्य छन् । तराईको सुगम जिल्ला भए पनि पुल नबन्दा बासिन्दा सदरमुकाम आउजाउ गर्न वर्षयाममा डुंगा चढ्नुको विकल्प छैन। लालबकैया नदी पारिका बन्जाराहा, औरैया, मठियाबाट लगायतका स्थानहरुबाट सदरमुकाम गौर आउजाउ कठिन भएपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ असार २९ गते सो पुल शिलान्यास गरेका थिए ।

वि.सं. २०७१ असारमा वीरगन्जस्थित पप्पु कन्स्ट्रक्सनले १४ करोड ९२ लाख २७ हजार १५० रुपैयाँमा ठेक्का लिएको पुलको काम ८ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा स्थानिय आजित भएका छन् । पप्पु कन्स्ट्रक्सनल २०७४ असार २५ भित्र काम सक्ने सम्झौता गरेको थियो । तर निमार्ण सुरु गरेको ८ वर्ष भइसक्दा पनि करिब ३५ प्रतिशत मात्र काम सम्पन्न भएको डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । सो कन्ट्रक्सनका संचालक पूर्व सासंद हरिनारायण रौनियार हुन् ।

बकैयामा पानीको बहाव कम भए बेलमा मात्र स्थानीयले डुंगामा आवत जावत गर्न सक्छन् । वर्षायाममा सो खोलामा पानीको वहाव बढ्ने गरेको छ । पानीको बहाब बढेपछि सो नदिमा ढुंगा पनि चलाउन नसकिने अवस्था रहेको छ । यस्तो अवस्थामा सो बाटो हुँदै आवतजावत पूर्ण रुपमा बन्द हुने गरेको छ । सो समयमा स्थानिय वासिन्दा करिब २२ किलोमिटर घुमेर सदरमुकाम गौर आउजाउ गर्नुपर्ने हुन्छ ।
वि.सं. २०७५ भाद्र ०९ गते सोही स्थानमा भएको डुङ्गा दुर्घटनामा ५ जना स्थानियले ज्यान गुमाएका थिए भने डुङ्गामा सवार २४ जनाले पौडिएर ज्यान जोगाएका थिए ।

घटनालगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत घटनास्थलमा पुगेर ठेकेदारको लापरबाहीले घटना भएको भन्दै पीडित परिवारलाई क्षतिपूर्ति र अलपत्र पुल निर्माणको काम चाँडै सक्न पहल थाल्ने आश्वासन दिएका थिए । राउतको नेतृत्वको मधेस सरकार ५ बर्स टिकेको तर अहिलेसम्म पुल नबनेको सहनीको गुनासो छ ।

पप्पुको लापरवाहीले वर्षेनी स्थानियले ज्यान गुमाउनु परेता पनि निमार्ण पुरा गर्न कसैले चासो नदेखाएको स्थानियको गुनासो छ । ७ वटा पिल्लर सहित कुल २ सय २५ मिटर लम्बाइ, ७।२ मिटर चौडाइको रहेको सो पुल समयमै निमार्ण सम्पन्न गरेर आलटाल गर्ने पप्पु कन्ट्रसन र त्यसका संचालक रौनियारलाई कारवाही गर्नुपर्नेमा सरकारले पप्पु कन्स्ट्रक्सनलाई सरकारबाट उल्टै संरक्षण गरेर देशैभर दर्जनौं आयोजनाको ठेक्का दिएर मान संम्मान दिएको प्रति आक्रोश व्यक्त गर्दै सहनीले सरकारले पप्पु कन्ट्रसनको नाममा रहेको देश भरको सबै ठेक्का रद्ध गर्नुपर्ने माग गरे ।

उक्त पुलको निमार्ण समय सम्पन्न नभएपछि पूर्व प्रधानमन्त्री तथा सोही क्षेत्रका सासंद माधव कुमार नेपाल , तत्कालीन भौतिक पूर्वाधारमन्त्रीहरु रघुवीर महासेठ, वसन्त नेम्वाङ, रेणु यादव, विकास समिती सभापति कल्याणी खड्का, पूर्व मन्त्री प्रभु साह लगायत दर्जनौ नेता तथा मन्त्रीहरु अलपत्र पुल हेर्न टिकुलिया पुगेर समयमा निमार्ण सम्पन्न हुने आश्वसन दिएपनि काम नभएपछि स्थानीयहरु नेताहरु देखिनै दिक्दार भएका छन् ।

सरकारका मन्त्री र सासंदलगायतले अलपत्र पुल हेर्ने अनि चाँडै निर्माणको काम थाल्न पहल गर्छु भनेर हिँड्ने तर पुलको कामभने जस्ताको तस्तै हुने, नागरिकले दुःख पाइरहने अवस्था देखेर दिक्क लागे पछि आफु आमरण अनसशन बसेको सहनीको भनाइ छ । उनले सो पुल निर्माणका लागि ३ तहको सरकारबाट ठोस प्रतिबद्धता नआउन्जेल सम्म आफ्नो अनशन जारी राख्ने जनाएका छन् । न्युज२४नेपालबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -