नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन पूरा अवधि जाने दाबी गरेका छन् । शुक्रबार उपराष्ट्रपति चुनावमा मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले गठबन्धन पूरा अवधि जाने दाबी गरेका हुन् ।
४ मंसिरको चुनावपछि सरकार गठनको विषयलाई लिएर तत्कालीन सत्ता गठबन्धन भत्किएर १० पुसमा नयाँ सत्ता गठबन्धन बनेको थियो । त्यो गठबन्धन पनि राष्ट्रपति चुनावको समयमा भत्किएर अर्को गठबन्धन बनेको छ ।
चुनावमा समेत मिलेर लडेका माओवादी र कांग्रेस १० पुसमा अलग्गिएका थिए । त्यो गठबन्धन एमालेको अगुवाईमा बनेको थियो । राष्ट्रपति चुनावमा फेरि कांग्रेस र माओवादीबीच सहकार्य भएर गठबन्धन बन्दा एमाले अहिले एक्लिएको छ ।








































