नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले सत्ता भगवण्डामा अब रोज्ने पालो आफूहरूको रहेको बताएका छन् ।
उपराष्ट्रपति चुनावमा भाेट हाल्न आएका उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै रोजेका तीन मन्त्रालय लिएर सरकारमा सहभागी हुने बताए ।
गठबन्धनका अरु दलले रोजको कुरा पाएसकेको बताउँदै उनले भने ‘रास्ट्रपति कांग्रेसले रोज्यो । माओवादीले प्रधानमन्त्री रोज्यो जसपाले उपराष्ट्रपति रोज्यो । अब सरकारमा रोज्ने पालो हाम्रो हो । विकास गर्ने र राज्य प्रशासनमा काम गर्ने गरेर तीन मन्त्रालय लिन्छौँ ।’








































