काठमाण्डौ फागुन २६
चर्चित गायक बद्री सापकोटा र गायिका सुनिता शर्माको आवाजमा ‘बस बस पियारी’ गित रिलिज भएको छ ।
गीतको भिडियोमा अञ्जली अधिकारी र ओबि रायमाझी जीवन्त अभिनय रहेको छ । जेरि भण्डारीले निर्देशन गरेको उक्त मौलिक लोक गीत बजारमा आएसँगै सबैको रोजाईमा पर्न सफल भएको छ ।
भिडियोका छायाँकार रेशम दर्लामी हुन् भने सम्पादन प्रविण भट्टले गरेका छन् । पछिल्लो समय टिकटक मा भाईरल भै रहेको छ । उक्त गीत सुनिता शर्मा युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।








































