काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेले झुक्याएकाहरू गठबन्धनमा रहेकाले यो गठबन्धन २०८४ सम्म नभत्किने बताएका छन्।
बिहीबार राष्ट्रपतिको निर्वाचनमा मतदानपछि उनले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, “एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई सधैं झुक्याउन सक्दैनन् । एउटालाई एकपटक झुक्याउन सकिन्छ, उहाँले सबैलाई झुक्याइसक्नुभएको छ । र, झुक्किएकाहरूको गठबन्धन बनेको छ । यो चाँडै भत्किँदैन ।”
एमालेले गठबन्धन भत्किने र अर्को गठबन्धन बन्छ भनेको छ नि! भन्ने प्रश्नमा थापाले भने- ‘२०८४ पछिचाहिँ हुनसक्छ।’








































