Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३२:४४ दिउँसो
- ADVERTISEMENT -

अनमोल केसीको ‘२.० छड्के’ ६ दिनमै हलबाट उत्रियो

प्रकाशित मिति: २०७९ फागुन २४, बुधबार

186
Shares

काठमाडौं- फिल्मको पोष्टर, टिजर र ट्रेलर हेरेर दर्शकहरुले आशा गरेको अनमोल केसी अभिनीत ‘२.० छड्के’ले आशाविपरीत कमजोर व्यापार गरेको छ।  बक्स अफिसमा कमाल गर्ने आशा गरिएको फिल्म छैटौं दिनमै हलबाट उत्रियो। अनमोलको ग्याङ्स्टार फिल्म मल्टिप्लेक्स हलबाट उत्रिएपछि २.० छड्केको निर्माता निर्देशक निराश छन्। यो फिल्मलाई देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले रिलिजको छैटौं दिनमा उतारेको हो। अन्य मल्टिप्लेक्स हल बिग मुभिज र वान सिनेमाजले एक–एक शो उपलब्ध गराएका छन्।

वितरक सुनिल मानन्धरका अनुसार दर्शक नै नआएपछि हलबाट फिल्म हटाइएको हो।

पहिलोपटक अनमोलको फिल्म छैटौं दिनमा हलबाट उत्रिएको हो। अनमोलको फिल्मले निराशाजनक कमाइ गरेपछि हलबाट उतारिएको हो। वितरक सुनिल मानन्धरका अनुसार फिल्मले अहिलेसम्म ३० लाख रूपैयाँ कमाएको छ। यो फिल्म करिब ३ करोड रुपैयाँमा लगानीमा बनेको हो। यसअघि उनले फिल्म कमजोर बनेपछि दर्शक हलसम्म नआएका बताएका थिए।

एफडी कम्पनीले वितरण गरेको फिल्ममा हल बाहिर मात्रै १ करोड ६० लाख दिएको बताउँछन् वितरक गोपाल कायस्थ। उनले भने, ‘अनमोलको फिल्म चलेन भन्दा अचम्म लाग्छ, तर चलेन। नेपाली फिल्म उद्योगमै अनमोलको फिल्मको यतिसम्म अवस्था आउला भनेर सोचिएको थिएन।’

कायस्थका अनुसार फिल्मको स्क्रिप्ट र निर्देशन पाटो कमजोर भएका कारण दर्शक नपाएको हो। उनी भन्छन्, ‘४७ वटा शो पाएको थियो २.० छड्केले तर अहिले आएर चारपाँच ठाउँमा मात्रै शो छ । एकदुई जना दर्शकले फिल्म चलाउने कुरा भएन। वितरकले दिएको १ करोड ६० लाखमा ६ लाख पैसा पनि नउठ्ने देखियो।’

वितरक सुनिल मानन्धर थप्छन्, ‘२.० छड्के को कमाइ निकै कमजोर छ। यो अनमोलको अहिलेसम्मकै नचलेको फिल्म हो। फिल्म खिच्ने भनेको ठाउँमा खिचेको पनि छैन। निर्माण टिमले बच्चा खेलेको जस्तो फिल्म बनाएका छन्।’

वितरक गोपाल कायस्थ भन्छन्, ‘लबस्टोरी जनरामा मन पराउने हिरोलाई ग्याङ्स्टार बनाउन खोजेर हुन्छ? गल्ती नै त्यही भयो। यतिखेर फिल्म मात्रै डुबेन, अनमोल र निर्देशकको समेत करियर डुब्ने भयो।’

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म छड्केमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, रेशा आले मगर, सन्तोष मिजार, इफान अली, निगम श्रेष्ठ, चिरञ्जिवी अधिकारीलगायत कलाकारको अभिनय छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -