Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५२:३१ दिउँसो
- ADVERTISEMENT -

राष्ट्रपति निर्वाचनपछि अन्य दललाई पनि समावेश गरेर सरकार विस्तार गरिने

प्रकाशित मिति: २०७९ फागुन २४, बुधबार

246
Shares

काठमाडौं ।
संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलद्वारा गठित कार्यदलको बैठकमा राष्ट्रपति निर्वाचनपछि अन्य दललाई पनि समावेश गरेर सरकार विस्तार गर्ने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा मङ्गलबार बसेको बैठकमा राष्ट्रपति निर्वाचनपछि अन्य दललाई पनि गठबन्धनमा समावेश गरेर अघि बढ्ने सन्दर्भमा छलफल भएको हो ।

बैठकपछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव डा। वेदुराम भुसालले गठबन्धनमा अन्य दललाई सहभागी गराउने विषयमा छलफल गर्ने बताए । उपसभापति खड्काले भने, “अहिले राष्ट्रपति निर्वाचन केन्द्रित छलफल र प्राविधिक तयारीबारेकै छलफलमा हामी केन्द्रित छौँ । निर्वाचनपछि गठबन्धनलाई विस्तार गर्दै अगाडि लैजान्छौँ ।”

डा भुसालले आठ दलबीचको छलफल पनि सरकार विस्तारसहित अन्य विषयमा संवाद अघि बढ्ने बताए । उनले भने, “राष्ट्रपतिको निर्वाचनपछि गठबन्धनलाई विस्तार गर्ने र अन्य दललाई समावेश गर्ने कुरामा छलफल अघि बढ्छ ।”

त्यसैगरी जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बुधबार ४ बजेसम्ममा प्रतिनिधि सभा र प्रदेश सभाका सबै सांसदलाई काठमाडौँ आउन आठै दलले निर्देशन दिएको बताए । ‘जनयुद्धकालीन मुद्दा सङ्क्रमणकालीन न्यायबाटै’ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेत र कांग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य रमेश लेखकले सङ्क्रमणकालीन न्यायका सन्दर्भमा उठेका सवालको सम्बोधन गर्न कानुन निर्माणको काम चाँडै सुरु हुने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -