Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०९:१२ दिउँसो
- ADVERTISEMENT -

आँपको पात उमालेर पानी पिउँदा स्वास्थ्यले पाउँछ यी पाँच फाइदा

प्रकाशित मिति: २०७९ फागुन २३, मंगलबार

301
Shares

काठमाडौं । आँप धेरैलाई मन पर्ने फल हो । यसलाई फलफूलको राजा पनि भनिन्छ । तर आँप मात्रै होइन, यसको पात पनि स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । आँपको पातमा विभिन्न खालका औषधीय गुण हुन्छ । आयुर्वेदमा आँपको पातको प्रयोग विभिन्न स्वास्थ्य समस्या हटाउनका लागि गरिन्छ ।

आँपको पातमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी र एन्टिअक्सिडेन्टको प्रचुर मात्रा पाइन्छ । यसबाहेक यसमा म्यागिफेरिन, गेलिक एसिड, पोलिफेनाल्सजस्ता पोषक तत्त्व पनि पाइन्छन् । धेरै मानिसलाई आँपको पात उमालेर खाँदा थुप्रै गम्भीर रोगबाट बच्न सकिन्छ भन्ने कुरा थाहा छैन । भारतकी आयुर्वेदिक डाक्टर रितु चड्डाले आँपको पात उमालेर पिउँदा स्वास्थ्यमा पर्ने फाइदाबारे जानकारी दिएकी छिन् ।

आँपको पात उमालेर पिउनुका फाइदा

मधुमेहका रोगीलाई आँपको पात उमालेर पिउँदा निकै फाइदाजनक हुनसक्छ । यसमा एन्थोसाइनिडिन नामको टेनिन हुन्छ जसले ब्लड सुगरलाई नियन्त्रण गर्ने गर्छ । आँपको पातलाई उमालेर पिउँदा मधुमेहको लक्षणबाट छुटकारा पाउन सकिन्छ ।

रक्तचाप नियन्त्रण गर्छ

आँपको पातमा हाइपो टेन्सन गुण हुन्छ । यसले उच्च रक्तचापलाई नियन्त्रित गर्न मद्दत गर्छ । साथै, रक्त वाहीकालाई बलियो बनाउने र फुलेको नसाको उपचारमा पनि मद्दत मिल्न सक्छ ।

दमका बिरामीका लागि लाभकारी

आँपको पातलाई उमालेर पिउँदा दम र साससँग सम्बन्धित रोगमा लाभ मिल्न सक्छ । खोकी र घाँटी दुखाइको समस्यामा पनि आँपको पातको काढा बनाएर पिउँदा फाइदाजनक हुनसक्छ ।

पाचन तन्त्रलाई स्वस्थ राख्छ

आँपको पातलाई उमालेर पिउँदा पाचन तन्दुरुस्त हुनसक्छ । यसले पेटका लागि औषधीको काम गर्छ । यो खाँदा शरीरमा भएको विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । साथै, पेट दुखाई, ग्यास र कब्जियतजस्ता समस्यामा आराम मिल्छ ।

पत्थरीबाट राहत दिलाउँछ

मिर्गौला र पित्त थैलीको पत्थरीको उपचारमा आँपको पातको सेवन लाभदायी हुनसक्छ । नियमित रूपमा आँपको पातलाई उमालेर पिउँदा पत्थरी फुट्ने गर्छ र मूत्र मार्गबाट बाहिर निस्कन मद्दत गर्छ ।

आँपको पात उमालेर पानी कसरी बनाउने ?

एउटा भाँडोमा २५० एमएल पानी लिनुहोस् । यसमा २–३ वटा आँपको पात हालेर पानी आधा नभएसम्म उमाल्नुहोस् । त्यसलाई यसलाई छानेर सेलाउन दिनुहोस् । यसमा मह मिसाएर पिउन सक्नुहुन्छ । दैनिक बिहान यसको सेवन गर्दा बढी फाइदा मिल्नेछ ।एजेन्सी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -