एजेन्सी। शाहरुख खानको फिल्म पठानले बलिउडमा तहल्का मच्चाएको छ । पठानले कुनै पनि भारतीय फिल्मले गरेको कमाइको रेकर्ड तोडेको छ ।
दंगल, केजीएफ टू र बाहुबलीले कमाएका सबै रेकर्डबाट पठान माथि उठेको छ । यो फिल्मले प्रदर्शन सुरु गरेको छैठौँ हप्तामा आइसक्दा समेत अझै पनि हलमा राम्रै दर्शक पाइरहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार पठान फिल्मले अहिलेसम्म विश्वभरबाट १० अर्ब ३८ करोड भारु आम्दानी गरेको छ । भारतमा फिल्मको कुल कमाई हिन्दीमा मात्रै ५ अर्ब १७ करोड पुगेको छ । सबै भाषालाई मिलाएर फिल्मले भारतमा ५ अर्ब ३५ करोड भारु कमाएको छ ।








































