Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२५:१७ बिहान
- ADVERTISEMENT -

नेसनल युनाइटेडमा शैक्षिक प्रदर्शनी तथा अभिभावक दिवस समारोह सम्पन्न

प्रकाशित मिति: २०७९ फागुन २१, आइतबार

405
Shares

काठमाडौँ, बृ्ढानिलकण्ठ—८, गणेशचोकस्थित नेसनल युनाइटेड स्कुलमा शैक्षिक प्रदर्शनी तथा अभिभावक दिवस समारोह विविध सांस्कृतिक कार्यक्रमका साथ यहि फागुन २० गते शनिबारका दिन विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी परराष्ट्र विद, पूर्व राजदुत एवम् लेखक हिरण्य लाल श्रेष्ठ र कार्यक्रमका सभापति एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह–प्राध्यापक रेवती प्रसाद दाहालले कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

स्थानीय समाजसेवी तथा अभिभावकसहित ९०० जना भन्दा बढीको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा नर्सरीदेखि कक्षा दशसम्मका विद्यार्थीहरूले तयार पारेका शैक्षिक तथा विज्ञानका सामाग्रीहरूको प्रदर्शनी गरिएको थियो भने सांस्कृतिक कार्यक्रमतर्फ नृत्य, गायन, नाटक, योगा, करातेका विविध प्रदर्शनी साथै वक्तृत्वको माध्यमबाट विद्यार्थीहरूले आफ्नो कलालाई उत्कृष्ट ढङ्गबाट प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी श्रेष्ठले विद्यार्थीको शिक्षामा गरिएको लगानी कहिल्यै खेर नजाने र साँस्कृतिक कुटनितीको माध्यमबाट देशको समग्र विकासमा टेवा पुर्याउन सकिने कुरा बताउनु भयो ।

त्यसैगरि संस्थापक हमालले विद्यालयमा भइरहेका गतिविधीहरुमाथी प्रकाश पार्दै विद्यार्थी केन्द्रित शिक्षण सिकाई अन्तर्गत साना कक्षामा मन्टेसोरी तथा अन्य कक्षाहरुमा प्रेजेन्टेसनमा आधारित सिकाईमा जोड दिने साथै विद्यालयलाइ डिजी स्कुलमा रुपान्तरण गर्दै लैजाने कुरा बताउनुभयो ।

कार्यक्रममा अभिभावक तथा अन्य अतिथी वक्ताहरुले शैक्षिक तथा अतिरिक्त क्रियाकलापको माध्यमबाट दक्ष जनशक्ति निर्माण गरी सुन्दर समाज निर्माणमा नेसनल युनाइटेड स्कुलले पुर्याएको योगदानको प्रशंसा गर्दै निरन्तरताको शुभकामना व्यक्त गर्नुका साथै जिवनोपयोगी शिक्षामा अझै जोड दिन सुझाव दिनुभएको थियो ।

कार्यक्रम बिहान १०:०० बजेदेखि सुरु भएको थियो भने अपरान्ह ५:३० बजेसम्म संचालन भएको थियो । कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै सभापति दाहालले विद्यालयले शैक्षिक क्रियाकलाप तथा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनमा अझै जोड दिदै जाने कुरा बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -